शेर्पा संघ अमेरिकाले नेपालको संविधानसभाका सभासद् तथा समाजसेवी जिपछिरिङ लामा शेर्पालाई विशेष कार्यक्रमको वीच न्युयोर्कमा स्वागत तथा सम्मान गरियो । सभासद शेर्पा नेपाली कंग्रेस केन्द्रिय समितिका सदस्य समेत हुन् । न्युयोर्कको ज्याक्सानहाइटस्थित शेर्पा किदुगको भवनमा आयोजित कार्यक्रममा न्युयोर्कको स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा लुम्बिनी बिकास कोषका पुर्व सदस्य सचिव एवं शेर्पा संघ अमेरिकाका सल्लाहकार आङ दावा शेर्पा, नेपाल शेर्पा संघका सहकोषाध्यक्ष बाबुकाजी शेर्पा, संघका सस्थापक अध्यक्ष निमा शेर्पा, संघका निवर्तमान अध्यक्ष आङ जाङबु शेर्पा गोले, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ शेर्पा, जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्हाङ, शेर्पा किदुगका पूर्व महासचिव एवं संघका सल्लाहकार आङ तेन्डि शेर्पा, अपस्टेट शेर्पा कम्युनिटीका पूर्व अध्यक्ष छिरिङ गोर्जा शेर्पा, शेर्पा किदुंगका अध्यक्ष तेम्बा शेर्पा, युएस नेपाल क्लाइबर्स एसा्सियसनका अध्यक्ष पासाङ निमा शेर्पा, दोलखा श्यामा शेर्पा समाजका अध्या दावा शेर्पा, नेपाने युवा क्लबको अध्यक्ष छेवाङ शेर्पा, कोशिपार समाजका अध्यक्ष आङ देण्डी शेर्पा, रामेछाप शेर्पा समाजका अध्ष्यक्ष रिन्जी शेर्पा, संखुवासभाका शेर्पा समाजका अध्यक्ष पासाङ निमा शेर्पा र जिटिकेटि शेर्पा समाजका अध्यक्ष आङ भाइ शेर्पाले मन्तब्य राखेका थिए ।

सभासद शेर्पाले राजनीति र सामाजिक क्षेत्रमा गर्दै आएको योगदानको कदरस्वरुप शेर्पा संघ अमेरिकाले उहाँलाई सम्मान गरेको हो । कार्यक्रम शेर्पा संघ अमेरिकाको अध्यक्ष एपि शेर्पा शेर्पाका सभापतित्वमा भएको थियो । संघका उपाध्याक्ष दाजिमा शेर्पाले शुभकामना मन्तव्य दिएकी कार्यक्रम संघका महासचिव छिरिङ शेर्पा सञ्चालन गरेका थिए ।
संघको अध्यक्ष एपि शेर्पाले सामाजिक तथा राजनीतिक क्षेत्रमा लामाले पुर्याएको योगदानको राज्यले उचित सम्मान दिनुपर्ने बताएका थिए । उनले अमेरिकामा संघको आफ्नै भवन खरिद गर्ने कार्यको तयारी गरिरहेको सबैमा जानकारी दिएका थिए । कार्यक्रममा सभासद लामाले आफुलाई अमेरिकामा संघले सम्मान तथा भेटघाट कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले शेर्पा संघ अमेरिकाले खरिद गर्न लागेको भवनको लागि आफनो तर्फबाट सहयोग गर्ने बचन दिए ।