१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

शेर्पा किदुगको ओपन सकर उपाधी स्नोलाइनलाई


Ang

६ भाद्र २०८०, बुधबार  

300
Shares


शेर्पा किदुगले आयोजना गरेको ओपन सकर टुर्नामेन्टको उपाधी स्नोलाइनले पाएका छन । स्नोलाइनले तामाङ एफसि रातोलाई २ को विरुद्ध ३ गोलले सफलता हात पारेका थिए । स्नोलाइन तिब्बती समुदायको प्रतिनिधित्व गदै आएको छ । यो समुहले ५ हजार ५ सय ५५ डलर पुरस्कार जितेका थिए । त्यस्तै दोश्रो हुने तामाङ एफसि रातोले ३ हजार ३ सय ३३ डलर पुरस्कार प्राप्त गरेका थिए । ‘ न्युयोर्कको नेपाली समुदाय वीच भएको सबैभन्द ठुलो प्रतियोगिता यहीनै हो’ शेर्पा किदुगका उपाध्याक्ष साङबु शेर्पाले भने—’ तीन दिन लगातार भएको यो खेल आफैमा महत्वपुर्ण थियो ‘ ।

उनका अनुसार यस पटक ११ वटा टिमले भाग लिए । न्युयोर्ककोविभिन्न टिमसंगै न्युर्योक बाहिरबाट बाल्टिमोर एथलेटिक क्बलले लगातार तीन बर्ष भाग लिएका छन । प्रतियोगिता गत अगष्टको १८, १९ र २० तारिखमा भएको थियो । धार्मिक परम्परा अनुसार उदघाटन भएको प्रतियोगितामा विजयी खेलाडीहरुलाई किदुगको अध्यक्ष तेम्बा शेर्पा र लामा एकाउन्टेन्टका नाम्गेल लामाले पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरि खेलमा उत्कृष्ठ हुने विभिन्न खेलाडीलाई किदुगको ट्रष्टी संयोजक ल्हाक्पारिन्जी शेर्पा, युनाइटेड शेर्पा फुटबल क्लबका म्यानेजर छिरिङ गेल्जेन शेर्पा, किदुगका उपाध्याक्ष साङबु शेर्पा र बोर्ड सदस्य कान्छी लामाले पुरस्कार दिएका थिए । त्यस्तै मिस नेपाल नर्थअमेरिका बिजेता जुब्लि याङजी शेर्पाले खेलमा सहाभागीहरु र प्रयोजकहरुलाई माया चिनो प्रदान गरेका थिए । किदुगको अर्को खेल आगामी लेबर डेको अवसर पारेर सेप्टेम्बर २ र ३ मा ओपन भलिबल र ३५ बर्ष माथिको फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : २३ बजे