१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

स्वर्गीय पासाङ ग्याल्जेनलाई मरोणोपरान्त सम्मान


Ang

२४ मंसिर २०८०, आइतबार  

212
Shares


न्युयोर्कको नेपाली समाजमा सामाजिक,धार्मिक र सास्कृतिकको साथै स्थानीय न्युयोर्क सिटिको राजनितिमा समेत उतिकै सहयोगी भुमिका निर्वाह गदै आएका शेर्पा किदुगका प्रबक्ता स्व पासाङ ग्याल्जेन शेर्पाको निधन भएको छ । न्युयोर्कमा शेर्पा समुदाय लगायत विभिन्न समुदायको हितमा लामो समयदेखिन स्वयमसेवकको भुमिका निर्वाह गदै आएका समाजसेवि स्व शेर्पालाई शेर्पा किदुगले उहाको अन्तेष्टिको दिन मरोणोपरान्त सम्मान गरेको हो ।

शेर्पा किदुगमा दुई कार्यकाल प्रबक्ताको रुपमा सेवा गदै आएका स्व पासाङग्याल्जेनको उपाचारको क्रममा न्युयोर्कस्थित माउन्ट सेनाई अस्पतालमा डिसेम्बर ४ तारिखको दिन निधन भएको थियो । विगत दुई वर्षदेखिन क्यान्सर रोगसंग लडदै आएका उहा सोलुखुम्बु जिल्ला दुधकुण्डा नगरपालिका-२ फेरामा जन्मेका हुन । उहाको डिसेम्बर ८ तारिख बौद्ध पराम्परा अनुसार न्युयोर्कको क्विन्समा अन्तिम संस्कार गरिएको थियो ।

उहाको अन्तिम संस्कारमा आइपुगेका न्युयोर्कको विभिन्न नेपाली सस्थाका प्रतिनिधिहरुले उहाप्रति पुर्ण श्रद्धाञ्जली अर्पण र सम्मान गरेका थिए । ‘ न्युयोर्कको नेपाली समाजमा निकै क्रियासिल होनहार समाजसेविलाई गुमाउनु पर्दा निकै पिडाबोध भइरहेको छ ‘ किदुगका महासचिव साङदोर्जि शेर्पाले बताए । उहाको आत्मा शान्ति एवं सम्मानको लागी न्युयोर्क र नेपालका गुम्बाहरुमा धार्मिक पुजाहरु भइरहेका छन । नेपाली समुदायको साथै बौद्धधर्मको हितमा समेत लाग्दै आएका उहा पछिल्लो समय बौद्धधर्मका उच्च तहका धर्मगुरुहरुसंगै भेट गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ११ : १९ बजे