१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

सांस्कृतिक सत्ता अभियानसंगै कुलपति राईको एकल कविता वाचन


Ang

२५ मंसिर २०८०, सोमबार  

6
Shares

राजनितिक र आर्थिक दुबैलाई पथप्रर्दशन गर्ने हो भने सांस्कृतिक सत्ताको आवश्याक्त पर्छ । असल सस्कृतिको जगमा गरिएको राजनितिले देशलाई सही मार्गमा डोर्‍याउछ ‘ भन्ने भावका साथ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई ‘ सांस्कृतिक सत्ता र समताको ‘अभियान लिएर प्रवासमा आइपुगेका छन् ।

यही अभियानको क्रममा कुलपति राईले एकल कविता वाचन गदै आएका छन् । यही क्रममा नर्थक्यारोलिनामा तेस्रो श्रृखलाको रुपमा एकल कविता वाचन गरिएकेा थियो । चितवनबाट शुरु भएको यो श्रृखला अमेरिको बोष्टन र नर्थक्यारोलिनामा भएको हो । ‘ सास्कृतिक सत्ताको अभियानसंगै तेस्रो श्रृखला सकियो अब नेपाल पुगेर पुनः थालिने छ ‘ कुलपति राईले एभरेष्टटाइम्सलाई बताए ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर ,नर्थ क्यारोलिना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलिना ( एनसिएनसि ) को संयुक्त आयोजनामा सम्पन्न भएको थियो । शिसिर खनालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेत ,उपन्यासकार नीलम कार्की निहारिका, साहित्यकार इश्वर देवकोटा, एनसिएनसिका अध्यक्ष आरपि पौडेलले मन्तव्य दिएका थिए । कार्यक्रममा कुलपति राईसंग अन्तरक्रिया समेत भएको थियो । उक्त अन्तरक्रियाको सहजकर्ता ऋषि बस्ताकोटिले गरेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ३ : ४८ बजे