८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

श्रमिकको हवाई टिकटमै खानाखाजाको प्रबन्ध गर्न आग्रह



वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई हवाई जहाजमा खाना पानी नदिने गुनासो आएको भन्दै व्यवस्था गर्न आग्रह गरेको छ ।

विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई पत्राचार गर्दै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न आग्रह गरेको हो ।

विभागले बुधबार पत्राचार गरी हवाइ टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न भनेको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समय भन्दा तीन घण्टा अगाडि नै विमानस्थल भित्र प्रवेश गर्नुपर्ने हुन्छ ।

यसरी घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : ३९ बजे