११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

ह्यारिसको अभियानले उठायो ५४ करोड डलर, दुई लाख स्वयंसेवीले फारम भरे



राष्ट्रपतीय चुनावका प्रत्यासी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले चुनावका लागि ५४ करोड डलर चन्दा उठाएको जनाएको छ ।

हालै सम्पन्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनपछि ह्यारिसको टीमले ठूलो रकम चन्दा उठाउन सक्षम भएको हो । ह्यारिस अगामी नोभेम्बरमा हुने चुनावमा पूर्व राष्ट्रपति तथा अर्वपति डोनाल्ड ट्रम्पकोविरुद्धमा प्रतिस्पर्धा गर्दै छिन् ।

गत जुलाई २१ मा राष्ट्रपति जोइ वाइडेनले आफु पछि हट्दै उपराष्ट्रपति ह्यारिसलाई राष्ट्रपतिको प्रत्यासीको रुपमा अघि सारेका थिए । गत साता शिकागोमा भएको डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा ह्यारिस र उनको उपराष्ट्रपतिको रुपमा मिनेसोटाका गभर्नर टिम वाल्ज मनोनयन भएपछि चन्दा उठ्ने दर बढेको अभियानकर्ताहरुले बताएका छन् ।

“बिहीबार राति उपराष्ट्रपति ह्यारिसको स्वीकृति भाषण अघि, हामीले आधिकारिक रूपमा ५ सय मिलियनको अंक पार गर्यौं,” अभियान अध्यक्ष जेन ओमाली डिलनले आइतवार अभियानद्वारा जारी गरेको नोटमा भनेका छन्, “उनको भाषण पछि तुरुन्तै, हामीले सुरुवात दिन देखि हाम्रो सबै भन्दा राम्रो कोष सङ्कलन भएको देख्यौं ।”

रिपब्लिकन पार्टीका प्रत्यासी ट्रम्प पनि चुनावी खर्च चन्दा संकलनमा चिनिएका ब्यक्ति नै हुन् । यद्यपी उनले ह्यारिसको संकलन जति पुर्याउन सकेका भने छैनन् । ट्रम्पको अभियानले जुलाई करिव १४ करोड डलर उडाएको जनाएको थियो भने अगस्टमा ३२ करोड भन्दा बढी संकलन गरेको जनाएको छ ।

ह्यारिसको अभियानले नेशनल कन्भेन्सन पछि धेरै जसो पहिलो पटक दिनेहरुको योगदान रहेको जनाएको छ । साथै दुई लाख भन्दा बढी जनाले ह्यारिसको अभियानमा स्वयंसेवाका लागि फारम भरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : २५ बजे