सरकारले निवर्तमान गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि सार्वजनिक रूपमा उठेका विषयहरूको अध्ययन तथा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा शोभाकान्त पौडेल र अच्युतमणि नेउपाने सदस्य रहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र साहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी राय–सुझावसहित १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
गुरुङको सम्पतिका बारेमा सार्वजनिक रूपमा प्रश्न उठेपछि सरकारले उनले पदबाट राजीनामा दिएका थिए । सरकारले औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको हो ।









