न्युयोर्क । न्युयोर्क नेवाः गुठीले समाजसेवी एवं नेवाः गुठी न्युयोर्कका पूर्वअध्यक्ष निर्मल प्रधानकी आमा स्व. मन्दोदरी प्रधानको ४५औा दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरी उहााप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
ज्याक्सन हाइटस्थित शेर्पा किङ्सको बुद्ध गुम्बामा आयोजित उक्त श्रद्धाञ्जली सभामा न्युयोर्कस्थित विभिन्न संघसस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु, न्युयोर्क सहरका मेयर एरिक आदमका सल्लाहकार एवं समाजसेवी नवराज केसी, अमेरिका नेपाल फ्रेन्ड सोसाइटीका अध्यक्ष रामराज क्षेत्री, साहित्यकार डा.राजेन्द्र श्रेष्ठ, नेवाः नख न्युयोर्कका महासचिव तुलसी चित्रकार, पत्रकारहरु, भारतीय मूलका शिख समुदायका व्यक्तिहरुले स्व. मन्दोदरी प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
न्युयोर्क नेवाः गुठीका अध्यक्ष विजय सिंहले उपस्थित महानुभावहरुप्रति आभार व्यक्त गर्दै नेवाः गुठीले पारित गरेको श्रद्धाञ्जली पत्र वाचन गरेका थिए । कार्यक्रमको अन्त्यमा पूर्वअध्यक्ष निर्मल प्रधानले सबै उपस्थित व्यक्तित्वहरुलाई सभामा उपस्थित भई स्व. आमा मन्दोदरीप्रति श्रद्धाञ्जली व्यक्त गरी यस्तो दुःखको बेला सहानुभूति प्रकट गरेकोमा धन्यवाद दिएका थिए । श्रद्धाञ्जली सभाको अन्त्यमा सहभागीहरुलाई प्रसाद वितरण गरिएको थियो ।









