१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

नर्थक्यारोलिनामा ल्होसार


Ang

१६ फाल्गुन २०८०, बुधबार  

70
Shares

बौद्धधर्मवलाम्बीको महान चाड तथा नेपालको राष्ट्रिय पर्व ल्होसारको अवसर पारेर नर्थक्यारोलिनाबासी हिमालयन बुद्धिष्ठ कम्युनिटिले ल्होसार विशेष कार्यक्रमको आयोजना गरियो । नर्थक्यारोलिनाको केरिस्थित हिमालयन ग्रिलमा आयोजना भएको कार्यक्रममा विभिन्न समुदायको उपस्थिति रहेका थिए । अमेरिकाको विभिन्न राज्यहरुमा झै नर्थक्यारोलिनामा पनि गत वर्षदेखिन ल्होसार कार्यक्रम आयोजना हुदै आएको हो । यस पटक पनि ल्होसार कार्यक्रममा उपस्थित अतिथिहरुलाई आयोजकले मौलिक पेय पद्रार्थ छयाङ र रात्री भोजले स्वागत गरेका थिए ।

‘ हामी जहा पुगेपनि आफनो मौलिक कला सस्कृतिको जर्गेना गरौ भन्ने उद्धेस्यका साथ गत वर्षदेखिन यहा पनि ल्होसार मनाउन शुरु गरेको हो ’ आयोजक समितिका सदस्य कर्मा शेर्पा गोलेले बताए । यस पटक ल्होसार आयोजक समितिका सदस्यहरु ङिमा पाख्रिन, विजय गुरुङ, तेन्जि लामा र जितमान बस्नेत खटीएका थिए । कार्यक्रममा शुरुदेखिनै ल्होसार कार्यक्रमलाई आर्थिक सहयोग गदै आएका दिन्डु लामा ह्योल्मोलाई सम्मान गरिएको थियो ।

‘ नेपाल विभिन्न भाषाभाषी र सस्कृतिले भरिएको देस हो । नेपालको त्यो विविधतापुर्ण सस्कृतिको रुपमा प्रवासमा प्रतिविम्बित गर्ने ल्होसारलाई मानेको छु ’ नेपाली कल्चर सेन्टरका नर्थक्यारोलिना (एनसिएनसि ) का अध्यक्ष डा विकाश शाक्यले बताए । रियाल्टर तथा एनआरएन एनसिसि नर्थक्यारोलिनाका पुर्व सचिव जितमान बस्नेतद्धारा सञ्चालित कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पाले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए । त्यसैगरि कलाकारहरु सरिता रावत बस्नेत, ङिमा पाख्रिनले नृत्य प्रस्तुत गरेका थिए भने गायक शिसिर पौडेलले गीत गाएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ४ : ४५ बजे