११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

गोर्खा मिडियामा रवि लामिछानेका साझेदार जोशी सहकारी ठगीमा पक्राउ



सहकारीको बचत ठगेको आरोपमा गोर्खा मिडियामा जीवी राई र रवि लामिछानेका साझेदार नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शं‍खमूलस्थित घरुबाटै पक्राउ गरिएको जनाएको छ । गृह मन्त्री रमेश लेखकले सहकारीकोरकम अपचलनका बारे संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वन गर्न निर्देशन दिएको दिन प्रहरीले जोहीलाई पक्राउ गरेको हो ।

विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमई बैंकको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो, जीबी, रवि, छविको नाममा रहेको र उनीहरु मध्ये कोही एक जनाको हस्ताक्षरमा भुक्तानी गर्न मिल्ने खातामा आएको समितिको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले जीवी, रवि र छवि तीनै जना गोर्खा मिडियाको सञ्चालक रहेको बेला सहकारीको रकम गोर्खा मिडियामा ल्याइएको र त्यसको अपचलन भएको भन्दै प्रचलित कानुन अनुसार अनुसन्धान गर्न सिफारिस गरेको छ ।

उक्त समिति लामिछाने गृहमन्त्री रहेका बेला सहकारीको रकम अपचलनमा उनको नाम मुछिए पनि प्रहरी अनुसन्धान दवाएको आरोप लगाउँदै तत्कालका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको लगातार अवरोध गरेपछि गठन भएको थियो । उक्त समितिले तीन महिना अनुसन्धान गरेर हालै प्रतिवेदन बुझाएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : १६ बजे