दुर्गा प्रसाईंमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थप गरिएको छ ।
नेपाल प्रहरीका अनुसार मंगलबार जिल्ला अदालत पर्साबाट दुई वटा कसुरमा म्याद थप गरिएको हो। प्रहरीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध घृणा तथा द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबीचको सद्भावमा खलल पुर्याउने तथा सरकारप्रति घृणा, अवहेलना र अमर्यादित आलोचनात्मक अभिव्यक्ति दिएको आरोप छ ।
प्रसाईंलाई सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियलोबाट पक्राउ गरिएको थियो ।









