७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

पुर्व प्रधानन्याधिसको छोरा अमेरिकामा पक्राउ


Ang

२६ चैत्र २०७५, मंगलबार  

0
Shares

क्यालिफोर्नियामा कन्सलटेन्सी र्फम सञ्चालन गदै आएका सन्तोष गिरि र दुइ भारतीय मुलका नागरिकलाई नामोसिमेन्टीक नामक कन्सलटेनसी मार्फत कामदार सम्बन्धीत ( आइवान टवान्टीनाइन ) को नक्काली इमिग्रेसन पिटिसन गरेको आरोपमा पक्राउमा परि हाल धरौटिमा रिहा भएका छन ।

४२ बषिर्य सन्तोष गिरि नेपालको पुर्व प्रधान न्यायधिस स्व केदारप्रसाद गिरिको छोरा हुन । उनी सहित भारतीय मुलका ४९ बषिर्य किशोर दत्तपुरण र ४९ बषिर्य टेक्सासबासी कुमार अस्वपतिलाई युस डिस्ट्रीक्ट एट्रोनिको कार्यालयले पक्रेर कर्वाहीमा परेको समाचार होमल्याण्ड सेक्युरिटिको अफिसियल बेभपेज लगायत विभिन्न सञ्चारमाध्यामहरुमा आइसकेका छन । यो घटनाको बारेमा होमल्याण्ड सेक्युरिटिलेनै  अनुसन्धान गरि कर्वाहीमा परेको उनीहरु हाल धरौटिमा रिहा भएका छन । उनीहरुको अर्को सुनुवाई मे १३ २०१९ मा हुने भएको छ ।

अमेरिकाको कानुन अनुसार यदि उनीहरु दोषि ठहरिएमा एउटा भिषा फ्रड काउन्टको अपराधमा बढिमा १० बर्ष जेल र २ लाख ५० हजार डलर जरिमाना लाग्ने भएको छ । त्यस्तै षडयन्त्रको दोषि ठहरिएमा ५ बर्षसम्म जेल र २ लाख ५० हजार डलर जरिमाना लाग्ने भएको होमल्याण्ड सेक्युरिटिले जनाएको छ ।

https://www.uscis.gov/news/news-releases/consultants-california-and-texas-charged-visa-fraud-and-conspiracy

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : १३ बजे