नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं ३ को अध्यक्षतामा काभ्रेका पेमा लामा निर्वाचित भएका छन् ।
आइतवार नुवाकोटको बट्टारस्थित होटल सताञ्चुलीमा चैत्र १ गते बाट सुरुभएको पहिलो महाधिवेशनबाट फोनिज प्रदेश नं ३ को अध्यक्षतामा लामा निर्वाचित भएका हुन् ।
महाधिवेशन मार्फत उपाध्यक्ष युवराज श्रेष्ठ, महिला उपाध्यक्ष अन्जु दिम्दोङ, महासचिव सुरजकुमार भुजेल, सङ्गठन सचिव पूर्णिमा स्याङ्बा, संस्थागत सचिव श्याम राना मगर, कोषाध्यक्ष पूर्णभक्त दुवाल निर्वाचन भएका हुन् ।
खुल्ला सदस्यमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी र महिला सदस्यमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, डोल्मा शेर्पा चयन भएका हुन् । साथै संस्थागत सदस्यमा राजेश रुम्बा तामाङ, जीवन लिम्बु, नवीन राना मगर, राजेश बज्राचार्य सर्वसम्मत निर्वाचित भएका हुन् ।
अल्पसंख्यक सदस्यमा पुष्पा राई हायु, अनुशासन संयोजकमा दिलबहादुर लामा, अनुशासन सदस्यमा राजकुमार शाक्य र रिदेन महर्जन गरी २३ जनाकाो टोली सर्वसम्मत चयन भएका छन् ।
‘जातिय पहिचान र संविधान कार्यन्वयनका लागि पूर्ण समावेशी सञ्चार’ भन्ने मूल नाराका साथ सुरुभएको महाधिवेशनमा प्रमुख निर्वाचन अधिकृत नवदीप श्रेष्ठ र निर्वाचन अधिकृत सरिता श्रेष्ठ र राजकृष्ठ श्रेष्ठले सर्वसम्मत चयन गराएका थिए ।
यस्तो छ सात बुदे घोषणापत्र