६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अमेरिकी सिनेटले अन्तिम्ममा बचायो सरकारी कामकाज ठप्प हुनबाट



आंशिक शटडाउनलाई रोक्न १.२ ट्रिलियन डलरको प्याकेज समावेश गरिएको विधेयकलाई अनुमोदन गरेको छ । अब यसलाई राष्ट्रपति जो बाइडेन समक्ष हस्ताक्षरका लागि पठाइने छ।

अमेरिकी सिनेटले उक्त बिधेयक पारित गरेसँगै ह्वाइट हाउसले संघीय कोषका दायित्वहरू दैनिक आधारमा खर्च गर्न र सरकारी कामकारवाही बन्द नहुने जनाएको छ । सरकारी कार्यहरू सामान्य रूपमा जारी राहने उल्लेख गरेको छ ।

सिनेटमा रिपब्लिकन र डेमोक्र्याटहरूबीच खर्च विधेयकमा सहमति नहुँदा सरकारी कामकाज ठप्प हुने अबस्थामा पुग्नै लागेको थियो ।

सिनेटले शुक्रबार मध्यरात अघि नै विधेयक पारित गर्नका लागि सिनेटको बहुमत नेता चक शूमरले आफ्नो सहमति घोषणा गरेका थिए । “यो धेरै लामो र कठिन दिन रह्यो, तर हामी विधेयकलाई अघि बढाउने सम्झौतामा पुगेका छौं,” शुमरले भने। उनले भने, ‘हामीले यो द्विपक्षीय सहमतिमा पुगेका छौं, यो देशका लागि राम्रो हो । यो सजिलो थिएन।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ०० बजे