१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’


Ang

१६ भाद्र २०८१, आइतबार  

180
Shares


नेपाली भाषा साहित्यको संरक्षणको लागी नर्थक्यारोलिनामा ‘आरम्भ’ नेपाली पुस्तकालय स्थापना भएको छ । नेपाली समुदायको हितमा नर्थक्यारोलिनाको डर्हममा स्थापना भएको ‘आरम्भ पहिलो नेपाली पुस्तकालय हो । पुस्तकालयको स्थापना सामाजिक अभियन्ता मेघाको नेतृत्वमा भएको हो ।

नेपाली पुस्तक अध्ययनकर्ताहरुबाट संकलित पुस्तक हाललाई घरबाटै शुरु गरी निकट भविष्यमा अलग्गै पुस्तकालय भवन मार्फत पुस्तक वितरण गर्ने भएको छ । “नेपाली भाषा साहित्यको संरक्षण साथै नेपाली साँस्कृतिक ज्ञान परम्परा आदान प्रदान गर्ने उद्धेश्यले हामीले पुस्तकालयको स्थापना गरेका हौं”, मेघाले भनिन् । स्थानीय नेपाली समुदायलाई नेपाली र अंग्रेजी भाषामा लेखिएका पुस्तकहरु ‘आरम्भ लाइव्रेरी डटकमबाट पुस्तक चेक आउट गरी निशुल्क लिन सकिने उनले बताइन् ।

पुस्तकालयको उदघाटन स्थानीय आमाहरुद्धारा दीप प्रज्वलन साथै बालबालिकाहरुद्वारा रिबन काटेर गरिएको थियो ।

कार्यक्रमको शुरुमा ङिमा पाख्रिनद्वारा लिखित ‘आरम्भ गीत प्रस्तुत गरिएको थियाे । नितिन मिश्रले संगीत र स्वर भरेको उक्त गीतमा उनकै छाेरी अनुष्का मिश्रले बाँसुरी बजाएर साथ दिएकी थिईन् । साथै गीता बस्नेत, प्रमिला अधिकारी, भगवती न्यौपानेले कविता वाचन गरेका थिए । त्यसैगरी नेपाली साहित्य समाज नर्थक्यारोलिनाका अध्यक्ष शेखर दुलालले हालै प्रकाशित साहित्य पुस्तक, लेखक जीतमान बस्नेतले नेपालमा भोग्नु परेका बिगतका कठोर दिनहरु उल्लेखित आफना चर्चित पुस्तक ‘अँध्यारा २५८ दिनहरु’ बाट केहि हरफ र सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङछिरिङ शेर्पाले हालै नेपाली पाठयक्रम कक्षा ६ को नेपाली मालामा समावेश आफनो लेख वाचन गरेका थिए ।

कार्यक्रमको अन्तमा उपस्थित अतिथिहरु बिच प्रश्नउत्तर कार्यक्रमसंगै केक काटेर समापान गरिएको थियो । कार्यक्रममा पुस्तकालयको लागि नेपाली पुस्तक वितरण गर्ने दाताहरुलाई उपहार मार्फत धन्यवाद दिइएको थियो ।

अध्यक्षमा मेघा, उपाध्याक्षमा शिव बस्नेत, कोषाध्याक्षमा रमिता चित्रकार, सचिवमा इन्दिरा सापकोटा, बोर्ड सदस्यहरु इन्दिर सापकोटा, रमिता चित्रकार र ङिमा पाख्रिन रहेका पुस्तकालय सञ्चालन समितीमा सल्लाहकारहरु जीतमान बस्नेत, डा चन्द्र गिरि, बविता बस्नेत, प्रेम सापकोटा, फुलमान बल र राम सुन्दर हाडा रहेका छन ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ९ : ५५ बजे