आङदावा शेर्पा
शाक्यमुनि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको आजको संसारमा घाम जस्तै छर्लाङ्ग भएकोमा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाक्यमुनि गौतम बुद्धको जन्म स्थलबारे गलत अभिव्यक्ति दिदैं भने, ‘हम तो उस धरती से आय है, जहाँ गान्धी और बुद्ध ने जन्म लियाँ है । सिद्धार्थ नेपालको धरतीपर जन्म हुये थे, लेकिन बुद्ध बन्नेका लिए गया आय ।’ उनले यस प्रकारको गलत अभिव्यक्ति दिएर बौद्धिक र नैतिक स्तरबाट तल झरेर सफेद झुठको खेती गरे ।
एक वर्ष अघिमात्र नेपालको संविधानसभालाई सम्बोधन गर्दा भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिलाई स्मरण गरौ ।
उनले भनेका थिए, ‘नेपाल ऐसा भूमि है, जहाँ विश्वको अच्चभित करदेनेवाला भगवान बुद्धको जन्म दियाँ है । नेपालके नागरिक नही पुरै लोकन्त्रमे विश्वास राख्ने दुनियाँको ध्यान नेपाल पर केन्द्रित है । आपका संविधान बनेगा वो नेपालके लिए नही विश्वके लिए स्वर्णिम पृष्ठ बन्नेवाला है, क्यो कि इतिहासके धरोहरमे कि सम्राट अशोक युद्धके वाद शान्तिको तलाशमे निकले, युद्धको छोड, बुद्धको शरण गए, और नयाँ स्वार्णिम पुष्ठ लिखा गया । ये उन सबको अभिनन्दन करता हुँ जिन्होने बुलेटका रास्ता छोड्कर ब्यालेटका रास्तापर जानेका संकल्प कियाँ । नेपालको धरतीपर युद्धसे बुद्धको आपकी यात्राका अनुमोदन करती है । आज दुनियाँको हर भू–भाग मे छोटेमोेटे केही गुठ पैदा हुआ है जिनका हिंसा मे विश्वास करता है, शस्त्रको माध्यम से सुख प्राप्त करनेका उनका मार्ग लगता है । विश्वकै सामन्ने नेपाल वो देश बनेका जब संविधान लेकर आएगा, दुनियाँको विश्वास दिलागया कि शस्त्रोको छोडकर शास्त्रका सहरे भि जीवनको वदला जा सकत है ए उमदा काम आप करनेवाला है । हिंसामे विश्वास करनेवाला दुनियाको सन्देश जायगा के बन्दुक और पेस्तोलका माध्यम से भलाई नही होती है ।
संविधान के सीमा मे लोकतान्त्रिक प्रक्रियाद्वारा इच्छित परिणामको प्राप्त किया जा सकते है और जो विश्वमे हिसांमे विश्वास करनेवालाको पूर्नविचार करनेका मजबुर करेगा । आपका प्रयोग सफल हो गया तो विश्वको हिंसा मे मुक्तिका सन्देश ये बुद्ध भूमि से मिलेगा ।
नेपाल जहाँ से जन्म हुए । बुद्ध ने मनको अध्यारोका दुर किया, विचारौका प्रकाश दियाँ, और मानव जातको नयाँ चेतना मिलि थि । सवा सौ करोड जनता आपको पडौषी मे है जो नेपाल मे कभी न कभी पशुपति नाथका दर्शन करता चहाता है, भगवान बुद्धको पास आकर शान्तिका सन्देश लिन चहाता है । भगवान बुद्धका जन्म भूमि मे विचारौका कोही कमी नही, इरादौका कोही कमी नही, संकल्प शक्तिका भी कोही कमी नही होती है । शस्त्रो से मूक्तिका मार्ग संविधानका माध्यम से आज शस्त्रौका रास्तेपर चलपडे लोगो का वापस लेनका काम नेपालके सफलता से जुरा है ।
आप सफल र्हु दुनियाको वापल लौटनेका अवसर मिलेगा, शस्त्र छोडनेका प्रेरणा मिलेगा, शस्त्रोका छोडकर शास्त्रको स्वीकार करन यही तो बुद्ध जन्म भूमिका सन्देश हो जाता है । मे सार्क सम्मेलनका समय फीर भिी आउँगा, उस समय राजा जनकको भी नमन करन जाउंगा, भगवान बुद्धको भी नमन करन जाउँगा ।’
नेपालमा संविधान निर्माण हुनुअघि नेपालको संविधान सभालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिले शाक्यमुनि भगवान गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर धेरै पटक उल्लेख गरेको छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भै घोषण भै सकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको व्यवहार र बोलीमा नकरात्मक परिवर्तन भएकोले सिद्धार्थ नेपालमा जन्मेका हुन् र बुद्ध बन्नलाई गया आएको भन्ने उनको भनाई नेपालप्रतिको नकारात्मक मानसिक उपज मात्र हो । हिजोको दिनमा नेपाल प्रति उनले बोलेका मिठा शब्दहरुले नेपालीहरुको मनमा सगरमाथाको उचाईमा चुलीएको लोकप्रियता विकाशकारी महाभूकम्पले झन् विपद् परेको नेपालको जनजीवनमा संविधानको घोषणापछि अघोषित रुपमा मोदीको सरकारले लगाएको नाकाबन्दीको अमानवीय व्यवहारबाट नेपालीहरुको मनमा चुलिएको उनको लोकप्रियता धुलोमा मिलेको छ ।
नेपाल प्राचीन समयदेखि नै बौद्धधर्म, शिक्षा, संस्कृति र सभ्यताको केन्द्रको रुपमा रहेको छ । नेपालका विभिन्न स्थानहरुमा बौद्धमार्गीको पवित्र एवं प्रसिद्ध ऐतिहासिक तीर्थस्थलहरु रही आएका छन् । प्रचलित बौद्ध मत तथा केही वंशवालीहरुमा शाक्यमुनि गौतम बुद्ध अगाडिका महा मानव बुद्धहरु विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वम्भु बुद्ध र क्रकुछन्द बुद्ध आदिसँग स्वयम्भूनाथको प्रसंग जोडिएको पाइन्छ । प्रथम महामानव बुद्ध विपश्वीले नागदहमा एक कमलको वीज रोपे र सो बीजबाट कमलको फूल उत्पन्न भएर त्यही स्वयम्भू अवतरित भए । त्यही स्वयम्भू महाचैत्याको निर्माण भएको स्वयम्भु पुराणको कथनमा पाइन्छ ।
शाक्यमुनि गौतम बुद्धभन्दा अघि नेपालको लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि तीन किलोमिटर दक्षिण पश्चिममा रहेको गोटीहवामा क्रकुछन्द बुद्धको जन्म र निर्वाण प्राप्त भएको ऐतिहासिक तथ्यले पुष्टि गरेको छ ।
इसापूर्व तेस्रो शताब्दीमा मध्य भारतको सम्राट अशोकले यस पवित्र स्थानमा तीर्थ यात्रा गरी क्रकुछन्द बुद्धको स्मरण गर्दै ढुंगाको स्तम्भ निर्माण गरेका थिए । गोटीहवामा भएको अशोक स्तम्भको नजिकै ठुलो आकारमा स्तुपा रहेको छ । चारैतिर माटोले पुरिएर माटोको डिस्कोको रुपमा रहेको यस स्तुपा इटालिएन विश्वविद्यालय पुरातत्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त तत्वावधानमा सन् १९९३ मा उत्खनन् भएको छ ।
नेपालको लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलीहवादेखि सात किलोमिटर उत्तरमा रहेको निग्लीहवामा शाक्यमुनि गौतम बुद्ध भन्दा पहिले कनकमुनि बुद्धको जन्म भएको पुरातात्विक एवं ऐतिहासिक तथ्यहरुले पुष्टि गरको छ । इसापूर्व तेस्रो शताब्दीमा मध्य भारतका सम्राट अशोकले कनकमुनि बुद्धको जन्मस्थल निग्लीहवाको तीर्थयात्रा गरी एक स्तुपाको साथै ढुंगाको स्तम्भ निर्माण गरेका थिए । यस स्तम्भको टुप्पाको भाग भाँचिएर रहेको छ । निग्लीहवाको पवित्र स्थानलाई पुरातात्विक एवं बौद्धमागीहरुले महत्वपूर्ण स्थानको रुपमा तीर्थयात्रा गर्दै आएको छ । सम्राट अशोकले निर्माण गरेको यो ढुंगाको स्तम्भ १५ फिट लामो रहेको छ । जर्मन पुरातत्वविद् डा एलोसिस फुहररले सन् १९९५ मा निग्लीहवाको अशोक स्तम्भ पत्ता लगाएको थियो । चिनिया तीर्थयात्रीहरु फावेनस्याङ यात्रा विवरणमा सम्राट अशोक कनकमुनि बुद्धको अस्तुलाई राखेर यस स्थानमा स्तुप निर्माण गरेको उल्लेख गरेको छ ।
नेपालको लुम्बिनी अञ्चल रुपन्देशी जिल्लाको लुम्बिनीमा इसापूर्व ६२३ वैशाख पूर्णिमाको दिन शाक्यमुनि भगवान गौतम बुद्धको जन्म भएको थियो ।
इसापूर्व २४९ मा भारतका सम्राट अशोकले शाक्यमुनि भगवान गौतम बुद्धको पवित्र जन्मस्थालको तीर्थ यात्रा गरेर ढुंगाको स्तम्भ निर्माण गरी शाक्यमुनि भगवान बुद्धको जन्म यही पवित्र स्थानमा भएको स्तम्भमा उल्लेख गरेका छन् । अशोक स्तम्भ नै भगवान शाक्यमुनि वुद्धको जन्म भएको प्रत्यक्ष र अकाट्य प्रमाण हो । चौथो शताब्दीमा चिनियाँ तीर्थयात्रीहरु फा–यान र सातौ शताब्दीमा हैवाङ स्याङले शाक्यमुनि भगवान बुद्धको जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेका थिए ।
चौधौ शताब्दीमा जुम्लाका रिपु मल्लले शाक्यमुनि भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी तीर्थयात्रा गरेको पाइन्छ । शाक्यमुनि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ चौथौ शताब्दीदेखि १९ औं शताब्दीसम्म माटोमा पुरिएर रहेको थियो । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातत्वविद् डा एलोसिस फुहरर र खडग शमशेरले अशोक स्तम्भ पत्ता लगाएपछि संसार भरमा भगवान शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित भएको हो ।
सम्राट अशोकले राज्यभिषेकको बीसौं वर्षमा आफ्नो धर्मगुरु उपगुप्ता सहित शाक्यमुनि भगवान गौतम बुद्धको पवित्र जन्मस्थानको तीर्थयात्रा गरि ढुंगाको स्तम्भ निर्माण गर्नाका साथै भगवान गौतमबुद्धले प्रथम पटक यही स्थानमा पाइला टेकेको भनी एक शिला राखी त्यसैलाई गर्वगृह बनाई एक मन्दिरको स्थापना गरेका थिए ।
लुम्बिनीमा निर्माण भएको मायादेवी मन्दिर इसापूर्व तेस्रो शताब्दीदेखि विभिन्न समयमा जिर्णोदार गर्दै आएका थिए ।
सन् १९३२–१९३९ मा भगवान शाक्यमुनि गौतम वुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर केशर शमशेरले उत्खनन गरी निर्माण गरेका थिए । यसअघि बुद्ध जन्मस्थल लुम्बिनीको पुरातात्वि स्थलको भारतीय पुरातत्वविद् पूर्णचन्दा मुखर्जीले सन् १८९९ मा उत्खनन् गरेका थिए । सन् १९६२ मा भारतीय पुरातत्वविद् देवला मिश्रले बुद्ध जन्मस्थलमा रहेको अशोक स्तम्भको सतही उत्खनन गरेका थिए । सन् १९९२–१९९५ मा पुरातत्व विभाग, जापान, बुद्धिस्ट फेडेरेसन र लुम्बिनी विकास कोषले मायादेवी मन्दिरको उत्खनन गरेको थियो । यही उत्खननको क्रममा भगवान गौतम बुद्धले पहिलोपटक पाइला टेकेको स्थानमा रहेको ‘शिला’ पत्ता लागेको थियो । नेपाल सरकार र लुम्बिनी विकास कोष उत्खनन गरिएको मायादेवी मन्दिरको निर्माण गरेर सन २००३ देखि मायादेवी मन्दिर सर्वसाधारणको निम्ति खुला गरियो ।
सन् १९६७ मा संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव उ–थान्तले बुद्धजन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेका थिए । सन् १९७० मा संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधिको नेतृत्वमा लुम्बिनी अन्तराष्ट्रिय विकास कमिटि गठन गरियो । सन् १९७८ मा जापानका वास्तुकलाविद् डा कान्जो ताङ्गेले तयार गरेको लुम्बिनी विकासको गुरुयोजनालाई संयुक्त राष्ट्र संघ र नेपाल सरकारले पारित गरियो । त्यसै बेलादेखि शाक्यमुनि गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको विकासको निम्ति लुम्बिनी विकास गुरु योजना कार्यन्वयन हुदैं आएको छ । सन् १९९७ मा शाक्यमुनि भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्र संघ अन्तर्गत युनेस्कोले विश्व सम्पदा सूचीमा सुचिकृत गरेको छ । संयुक्त राष्ट्र संघका तत्कालिन महासचिवहरु उ–थान्त, कुर्ट वाल्हेम, जेविमर पेरेदक्वायर र राष्ट्र संघका वर्तमान महासचिव वान कि मुनले बुद्ध जन्मस्थल लुम्बिनीको तीर्थयात्रा गरेका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा सन् १९९८ मा प्रथम विश्व बौद्ध शिखर सम्मेलन र सन् २००४ मा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन भएको थियो ।
उक्त सम्मेलनहरुमा विश्वका विभिन्न देशका सरकारी तथा गैरसरकारी स्तरमा बौद्ध प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको थियो । लुम्बिनी विकासको गुरुयोजनाअनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा चीन, म्यान्मार, थाइल्यान्ड, जापान, जर्मन, भारत, दक्षिण कोरिया, फ्रान्स, मंगोलिया, आस्ट्रिया, श्रीलंका, भुटान र नेपालले सरकारी तथा गैर सरकारी स्तरमा गुम्बा तथा विहारहरु निर्माण गरेका छन् ।
आज विश्वभरिका बौद्धमार्गीहरु मात्र नभई सम्पुर्ण शान्तिप्रेमीहरु भगवान शाक्यमुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तीर्थयात्रा गरि रहेका छन् । त्यहां पुगेर उनीहरुले बुद्धको जीवनको बारेमा जान्ने अवसर पाउनका साथै मनलाई शान्ति प्राप्त गदै आएका छन । शाक्यमुनि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको घाम जस्तै छर्लाङ्ग हुदाँ पनि यदाकदा बुद्ध जन्मस्थलबारे गलत अभिव्यक्ति दिनु बुद्धधर्म र पुरातत्वको अल्प ज्ञान र नेपालप्रतिको नकारात्मक मानसिकताको उपज मात्र हो भन्ने अत्युक्ति हुदैन ।
-लेखक लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव हुन ।