१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रवासमा पहिलो पटक धेरै भाषाको कविता एकै ठाउँमा


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

एभरेष्ट टाइम्स
न्युयोर्क— बुद्ध जयन्ती, गणतन्त्र दिवस र सगरमाथा दिवसको संयुक्त अवसर पारेर नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले पहिलोपल्ट मे २९ तारिखको दिन नेपालका विविध भाषा भाषीको कविगोष्ठि आयोजना गरियो ।
प्रवासमा रहेका विभिन्न भाषा भाषी समुदायलाई साहित्यको माध्यमबाट एकत्रित गराई नेपाली एकताको सन्देश दिनका लागी आयोजित उक्त कार्यक्रमको पहल नेपाल कन्सुलेटका कार्यवाहक महाबाणिज्यदुत कृषु क्षेत्रीले गरेका थिए ।
कार्यक्रममा तामाङ भाषामा राम तामाङले गीत गाएका थिए भने ङिमा पाख्रिनले तामाङ भाषा बोल्दा शिक्षक र प्रशासनले गरेको भेदभावको पिडाको बारेमा कविता वाचन गरेका थिए । त्यस्तै शेर्पा भाषामा आङ जाङबु शेर्पाले नेपाल सुन्दर छ भन्ने भावमा कविता वाचन गरेका थिए भने ह्योल्मो समुदायको तर्फबाट तेम्बादोङबा हयोल्मोले नेपाली समाजमा विभिन्न वाहनामा मदिरा सेवन गदै आएको सम्बन्धमा हयोल्मो भाषामा कविता वाचन गरेका थिए । त्यस्तै राई जाती अन्र्तगत लोहोरुङ भाषामा मनु लोहोरुङले, नेवारी भाषामा कविन मर्हजनले, राई र लिम्बु भाषामा जस कुमार राईले , सुदुर अखण्ड क्षेत्रको क्षेत्रिय भाषामा कविता र देउडा गीत किसानसिह धामीले प्रस्तुत गरेका थिए । त्यस्तै सस्कृत भाषामा पिपल मणि सिंदेलले, हिन्दीमा सकुन्तला ज्ञवालीले, अंग्रजीमा सुनिता शर्मा र सम्राट मानसिंह ढंगोलले वाचन गरेका थिए । कार्यक्रममा सगरमाथा आरोहणको गर्दाको भावनालाई समेटेर सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङछिरिङ शेर्पाले दुई वेग्ला बेग्लै कविता वाचन गरेका थिए ।

kabita 1
उक्त अवसरमा महाबाणिज्यदुत क्षेत्रीले लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव तथा पुर्वप्रधानाध्यापक आङदावा शेर्पाले बुद्ध जयान्तीको अवसरमा तयार पारेको बुद्ध भजन सिडि विमोचन गरेका थिए । शेर्पा भाषामा आफनै शब्दा र संगीतले भरिएको उक्त सिडिमा गायक गाम्बु शेर्पा, देण्डी शेर्पा, सोनाम शेर्पा र खावा ल्हामुको श्वर रहेको छ । विमोचन लगतै पुर्व प्राध्यानाध्यापक शेर्पाले पृथ्वीमा मान्छेको जुनी लिएपछि मन राम्रो हुनुपर्ने भावमा लेखिएको गीत सुनाएका थिए ।
यसका साथै डा तारा निरौला, मोहन सिटौला, प्रविण भट्टराई गोविन्द गिरि प्रेरणा, गीता खत्री, गीता पन्थ, ज्योति कुमार श्रेष्ठ, ज्योति पौडेल, विकास विष्ट, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, पुष्कर बराल, अरुण अनुरागी, विजया सिम, शान्ता घिमिरे, कुन्ती थापा, हरिबहादुर थापा, राम अविराम, पुष्पा अधिकारी गौतमले कविता वाचन गरेका थिए । सिरुलामाले भने गीत गाएका थिए । कार्यक्रममा वाचन गरेका कविताहरुको समिक्षा साहित्यकार कृष्ण धाराबासीले गरेका थिए । कार्यक्रममा ७२ जना सहाभागी भएकोमा अधिकांस सवैले कविता वाचन गरेका थिए । कार्यक्रम संचालन गीता पन्थले गरेकी थिईन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : ०० बजे