१८ मंसिर २०७९, आइतबार | Sun Dec 4 2022

मिस तामाङ २०१७ का विजयीलाइ पुरस्कार प्रदान


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । दसाैं संस्करणको मिस तामाङ २०१७ का विजेताहरुलाई नगद पुरस्कार वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमकामाझ सिभिल होमका अध्यक्ष एवं सांसद इच्छाराम तामाङले  नगद पुरस्कार हस्तन्तरण गरेको अायोजक एभरेस्ट फेसन होमकी रञ्जिता ब्लोनले जानकारी दिइन् ।

उपाधि विजेता पिंकी घिसिङलाइ एक लाख रूपैयाँ, फस्ट रनरअप नावाङ मोक्तान पचास हजार रूपैयाँ र सेकेण्ड रनरअप रिता थिङलाई  तीस हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगिता एभरेस्ट फेसनहोम र तामाङ कलासंस्कृति केन्द्रको संयुक्त आयोजनामा ल्होछारको अवसरमा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा माघ २२ गते  सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ३ : १२ बजे