४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

विद्यालयको सहयोगका लागि न्युयोर्कमा सम्पन्न भयो किम्फ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

न्युयोर्क – नेपालको चर्चित डकुमेन्ट्री निर्माताहरुको सीप र कलालाई अन्तराष्ट्रिय बजारमा चिनाउनका साथै नेपालको पर्यटन प्रर्वद्धनको लागी एभरेष्ट टाइम्सले हिमाल एसोसियसनसग मिलेर न्युयोर्कमा काठमाडौ इन्टरनेशल माउन्टेन फिल्म फेष्टिबल किम्फ आयोजना गरियो ।
लामो समयदेखिन विदेशमा बस्दै आएका नेपालीहरु तथा अन्य मुलुकको नागरिकहरुलाई नेपालको बारेमा जानकारी र मनोरञ्जनात्माक दिलाउन घुम्ती किम्फ अन्र्तगत गत वर्षदेखिन न्युयोर्कमा एभरेष्ट टाइम्सको सहआयोजनामा फेष्टिबल आयोजना गदै आएको हो ।
स्थानीय गुल्सन टेरेसमा गत जुनको ५ तारिख सम्पन्न फेष्टिबल ( किम्फ ) मा यस पटक केसाङ छेतेनद्धारा निर्देशित कास्टवे म्यान, अरुणदेव जोशीको कामरो, आन्द्रेयु हिन्टन र जोनीबुकको टासी एण्ड द मङक एण्ड र पासाङ दावा शेर्पा हयोल्मोद्धारा निर्मित द रेटलिङ फयान प्रर्दशन गरिएको थियो । फेष्टिबलमा दुई सो प्रर्दशन भएको थियो ।
यो महोत्सवबाट संकलन हुने रकम सहआयोजक एभरेष्ट टाइम्सले सामाजिक सेवाको भावनाले दुर्गम गाउको स्कुललाई सहयोग गदै आएको छ । ‘ नेपालको डकुमेन्ट्री निर्माताहरुको सीप कलालाई अन्तराष्ट्रिय रुपमा चिनाउन तथा यिनै डकुमेन्ट्रीहरु मार्फत अमेरिकामा नेपालको चिनारी दिन किम्फ आयोजना गदै आएको हो ’ एभरेष्टटाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले भने – ‘ अर्थपुर्ण र सन्देशमुलक डकुमेन्ट्री सामाजिक भावनाले पनि प्रर्दशन गर्न लागेको हो ’ ।
गत वर्ष न्युयोर्कमा आयोजित किम्फबाट संकलित रकम भुकम्पले भत्केको सोलुखुम्बु जिल्लाको चागेस्थान माध्यमिक विद्यालयलाई १ लाख ८६ हजार ५ सय नेपाली रुपिया सहयोग गरेका थिए । यस पटक प्रर्दशन भएको फेष्टिबलबाट उठेको रकममा सोलुखुम्बुकै सेर्गा बागम प्रवि स्कुललाई सहयोग गर्ने भएको छ । यस पटकको किम्फमा नेपाल कन्सुलेटका पुर्व महाबाणिज्यदुत नारायण प्रसाद मैनाली, बाणिज्यदुत कृषु क्षेत्री, उपबाणिज्यदुत प्रविण भट्टराई, एनआरएन आइसिसिका क्षेत्रिय संयोजक सोनाम लामा, एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल, आइसिसि सदस्यहरु डा विनोद शाह, नविन शेरचन र सुनिता शर्मा लगायत विभिन्न समुदाय तथा सस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
किम्फ लामो समयदेखिन नेपालको राजधानी काठमाडौमा हरेक डिसेम्बर महिनामा दुई दिन हुदै आएको छ । दुई दिन प्रर्दशन भएको फेष्टिबलबाट छानिएको उत्कृष्ठ डकुमेन्ट्रीहरु गत वर्षदेखिन अमेरिकामा देखाउदै आएको छ । यस पटक किम्फलाई ल अफिस अफ केशव सेढाई, ल अफिस अफ खगेन्द्र क्षेत्री, खाङरी एसियन गु्रप, सोनाम लामा एनआरएन आरसि, डा केशब पौडेल एनआरएन अध्यक्ष, थकाली किचन, साङदोर्जी शेर्पा, डा विनोद शाह, थकाली किचन रेष्टुरेन्ट, गिरिजा गौतम,विराज रिजाल, लामा एकाउन्टेन्ट, डिजे जाङबु, डिजे माइकल र पवन योन्जनले विभिन्न सहयोग गरेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ३ : २२ बजे