वासिङटनडिसि— नेपाल अमेरिका पत्रकार सघ (नेजा)को ११ औ साधारण सभा अमेरिकाको राजधानी वाशिंगटन डी. सी.मा शनिवार सम्पन्न भयो । उक्त सभाको उदघाटन प्रमुख अथितिको रुपमा उपस्थित नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले गरेको थियो । सभाको उदघाटन गदै महासचिव मगरले नेपाली पत्रकारिताको क्षेत्रमा नेजाले महत्त्वपूर्ण योगदान गरेको बताएका थिए । महासंघ र नेजाको कार्यगत एकताको आधारमा पुरस्कार व्यवस्थापन, दुर्घटनामा पर्ने पत्रकारलाई आर्थिक सहयोग जस्ता मानवीय कार्य गरेकोमा सराहना गदै भविष्यमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रवासी समुदायले नेपालको वृहत्तर हितमा काम गराउन नेजाले महत्वपूर्ण भुमिका खेल्न सक्ने सुझाव दिएका थिए । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. अवैतानिक महावाणिज्य दूत प्रेमराजा महत, एएनएका अध्यक्ष मेदनी अधिकारीले पनि साधारण सभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा नेजाका उपाध्यक्ष गुणराज लुईटेलले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा डिसी महानगर क्षेत्र आसपासका विभिन्न संघसस्थाका प्रतिनिधिहरु लगायत अमेरिकाका विभिन्न राज्यहरूबाट आएका सञ्चारकर्मीहरु ,आमन्त्रीत अतिथिहरुको उपस्थिति थिए ।
कार्यक्रममा नेजाद्वारा यस वर्षदेखिन शुरुवात गरेको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार समेत वितरण गरेका थिए । नगद १ हजार १ सय ११ डलर राशीको यो पुरस्कार शिव प्रकाश, मनोज अधिकारी र दिनेश कार्कीलाई संयुक्त रुपमा प्रमुख अतिथि मगरले हस्तान्तरण गरेका थिए । पुरस्कृत पत्रकारहरुले उक्त रकम सामाजिक सेवाको भावनाले स्थापित चितवनको सानो घर नामक सस्थालाई दिने घोषणा गरेका छन । साधारण सभाको बिचमा कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाउने हेतुले सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो । नेजाको अध्यक्ष भोला आचार्यको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन पछि एनआरएनका अध्यक्ष पदका प्रत्यासीहरुको बहस कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवारहरु डा. केशव पौडेल, डिल्ली भट्टराई ,राम सी पोख्रेल र गौरी जोशीको सहभागिता रहेका थिए । साधारण सभाको बन्द सत्रले विधान संशोधन गर्नुका साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई पारित गरेको छ ।
महाबाणिज्यदुत क्षेत्री शुभकामना नदिई फर्के
नेजाको साधारण सभामा विशेष अतिथिको रुपमा नेपाली राजदुताबासको राजदुत डा अर्जुन कार्कीलाई निम्तो गरेका थियो । तर डा कार्की अमेरिकाबाट बाहिर गइसकेकाले नेपाल सरकारको प्रतिनिधित्व हुने गरि न्युयोर्कबाट विशेष अतिथिको रुपमा नेपाली महाबाणिज्यदुत कृषु क्षेत्रीलाई निम्ताएको थियो । न्युयोर्कबाट शनिबार विहानै हिडेका उनी कार्यक्रम स्थलमा प्रमुख अतिथिले बोल्न अगाडीसम्ममा आइपुगेका थिए तर कार्यक्रम सक्न लागेको भनेर उनले शुभकामना मन्तव्य दिन पाएनन । शुभकामना मन्तव्य दिन नपाएपछि उनी तत्कालै न्युयोर्क फर्कनु परेको थियो ।