२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

नेपालकी विशेषतालाई मिस ट्यालेन्ट संगै लिटिल मिस प्लानेट


११ जेष्ठ २०७४, बिहिबार  

0
Shares

टर्कीको बोड्रम सहरमा सम्पन्न बालबालिकाहरु सँँग सम्बन्धित अन्तराष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको प्रतियोगिता लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा नेपालकी विशेषता बुढाथोकीले लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको एवार्ड जितेकी छिन् । विश्वका करिब तीन दर्जन मुलुकका बालबालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा विशेषताको सहभागितालाई ईप्लानेटले व्यवस्थापन गरेको थियो । विशेषता बालुवाटारस्थितजोन डेवे स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् ।
नेपालको प्रतियोगिता अन्तर्गत मिडिया ल्यान्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटल अन्तर्गतको लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१७ विधामा सेकेन्ड रनर्स अप भएकी विशेषताको अन्तराष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्यान्डले गरेको हो । उक्त प्रतियोगितामा सहभागी हुनु पूर्व विशेषताले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी आधारभूत पक्ष तथा प्रस्तुतीकरणका विषयमा कोरियोग्रफर रोजिन शाक्य सँँग प्रशिक्षण लिएकी थिइन् । विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउन्डका लागि तयार पारेका थिए भने उनका पहिरन फेसन डिजाइनर द्घय उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार गरेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार  ८ : ०८ बजे