१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो


११ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो  ललितपुरमा देखाइएको छ ।

ललितपुरको जावलाखेलमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीले भोटो अवलोकन गरे । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाएका थिए ।

भोटो अवलोकनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल र प्रधानन्यायधीश कार्कीलगायत उच्चपदस्थ अधिकारीलाई रातो मत्स्येन्द्रनाथका पुजारीले फूलप्रसाद टक्राएका थिए ।

भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायत मन्त्री, सांसद र सरकारी अधिकारी पनि जावलाखेलमा उपस्थित हुने परम्परा छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका विषयमा दुई व्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथालाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ ।

काठमाडौँ उपत्यकाका सबै मानिस भोटो जात्रा हेर्न एवम् दसी प्रमाणसहित दाबी गर्ने उद्देश्यले जावलाखेलमा जम्मा हुन्छन् भन्ने विश्वासमा यस दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन पहिलेदेखि बसेको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार  ७ : ५९ बजे