१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

रोचक बन्दै भरतपुर महानगरको मतगणना


१२ जेष्ठ २०७४, शुक्रबार  

0
Shares

चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ ।
झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ । वडा नम्बर १६ मा खसेको ५ हजार ७ सय २३ मध्ये शुक्रबार दिउँसोसम्म ३ हजार २ सय ९ मतगणना हुदा एमाले उम्मेदवार देवी ज्ञवालीको अग्रता १५ सय ४९ पुगेको छ। यस वडामा मात्रै देवीले माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको भन्दा १५० बढी मत ल्याएका छन्। पछिल्लो ६०० गन्दा ११ मत मात्रै देवीले बढी ल्याएका छन्। अहिलेसम्मको मत गणनामा ज्ञवालीले ३४ हजार ४ सय ९१ र रेणु दाहालले ३२ हजार ९ सय ४२ मत ल्याएकी छन्। उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले ३६ हजार ५ सय ६५ र नेकपा एमालेकी उम्मेदवार दिव्या शर्माले ३१ हजार २ सय ३९ मत ल्याएकी छन्।

महानगरको २९ वडामध्ये एउटा वडाको गणना भइरहेको छ भने सातवटा वडाको गणना गर्न बाँकी छन् । गणना भएका २१ वटा वडामध्ये एमालेले ११, काँग्रेसले सात र माओवादी केन्द्रले तीनवटा वडा जितेका छन् । काँग्रेस र माओवादीबीच तालमेल भए पनि मतदाताले पार्टीको निर्देशनलाई पूरै पालना नगरेको मत परिणामले देखाउँछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार  ५ : १५ बजे