१० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026

कांग्रेसद्वारा भरतपुरको १९ वडामा पुनः मतदानको माग


१५ जेष्ठ २०७४, सोमबार  

0
Shares

चितवन । नेपाली कांग्रेस जिल्ला समिति चितवनले भरतपुर महानगरको वडानम्बर १९ मा पुन मतदान गर्न माग गरेको छ ।

कांग्रेस जिल्ला समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा कांग्रेस उम्मेदवारको विजय सुनिश्चित भइसकेको अवस्थामा घटेको घटनाप्रति खेद प्रकट गर्दै सो वडामा पुनः मतदान गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारवाहीको माग र स्थानीय निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार पुन मतदान प्रकृया अघि बढाउन भनिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार  २ : ०३ बजे