६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

झापामा अामाछोरी दुबै उपमेयरका उमेदवार


१८ जेष्ठ २०७४, बिहिबार  

0
Shares

झापा। नेपाली काँग्रेस झापामा एउटै पदका लागि आमा छोरी नै उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रिएका छन्। दोस्रो चरणमा हुने असार १४ गते हुने निर्वाचनका लागि झापाको दुई तहको उपमेयरमा आमा छोरी उमेद्वार भएका हुन्।

काँग्रेसका तर्फबाट भद्रपुर नगरपालिकाको उपप्रमुख पदका लागि तारादेबी भुर्तेल नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार भएकी छिन्। भुर्तेलकी छोरी दुर्गा खतिवडा भुर्तेल भने नेपाली काँग्रेसकै तर्फबाट मेचीनगर नगरपालिकाको उपप्रमुख पदको उम्मेद्वार बनेकी छिन्।

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरको उपप्रमुखमा भुर्तेललाई उम्मेद्वार बनाउन सिटौलाकै प्रमुख भुमिका रहेको काँग्रेस निकट स्रोतको दावी छ। पूर्वी सीमावर्ती नगर मेचीनगरमा काँग्रेसले उमेद्वार बनाएका उपप्रमुखको टिकट पाउने क्रममा खतिवडालाई सिटौला सहित काँग्रेस नेता विश्वप्रकाश शर्माको समर्थन रहेको बुझिएको छ ।

खतिवडा पनि सिटौला पक्षधर नै मानिन्छिन। काँग्रेसकी पुरानी कार्यकर्ता भुर्तेल काँग्रेस नेता सिटौलाकी बिश्वास पात्रका रुपमा चिनिन्छिन।

नेपाली काँग्रेसबाट भद्रपुर र मेची नगरमा उपमेयरको उमेद्वार भएका दुबै आमा छोरी नै काँग्रेस महाधिवेशन प्रतिनिधि हुन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार  १ : ३९ बजे