१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

राजपा-असार १४ को चुनाव साराैं | सत्तारुढ दल-सम्भव छैन


२७ जेष्ठ २०७४, शनिबार  

0
Shares

काठमाडौं। असार १४ हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन सार्न राष्ट्रिय जनता पार्टी नेपालले गरेको माग सत्तारुढ दलले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्ववानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले आफ्ना राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका थिए।

राजपाले चुनावको मिति सार्न आग्रह गरे पनि सरकार गठबन्धनका दलहरुले भने यसलाई अस्वीकार गरेका छन् । बैठकमा राजपा नेताहरुले बरु चुनाव सारेर भए पनि संविधान संसोधनमा लाग्नु पर्ने राय राखेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

यसैगरी, बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै का्रग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले राजपा नेताहरुलाई चुनावमा जान केही प्राविधिक अफ्ठेरा भए निर्वाचन आयोगसँग कुराकानी गरेर मिलाउन सकिने तर चुनाव सार्न नसिकने कुरा गरेको बताए ।

“राजपाका दुई माग राजनीतिक र प्राविधिक छन् पहिलो कुरा उहाँहरु निर्वाचनमा जाने हो भने प्राविधिक पक्षलाई मिलाएर जान सकिन्छ, त्यसैले राजनीतिक मागलाई सम्बोधन गर्न पुनः छलफल गरेर सहमति खोज्छौँँ”–उनले भने ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपालाई निर्वाचनमा सहभागिता गराउनेबारे छलफल भएको तर उहाँहरु निर्वाचनमा आउने स्थिति नरहेकाले आइतबारसम्म वार्ता र छलफललाई जारी राख्ने निर्णय भएको बताउनुभयो ।

उनले भने, “आजको बैठकमा राजपाका नेताको धारणाअनुसार निर्वाचनमा जाने स्थिति देखा परेन, हामीसँग समय पनि छैन, तैपनि आज बेलुका र भोलि बिहानसम्म अन्तिम कुराकानी गराँै भनेका छौँ, तर उहाँहरुले फेरी निर्वाचनको मिति सारेर छलफल गरेमात्र निर्वाचनमा आउन सक्छाँै भनेकाले त्यो सम्भव छैन भन्ने विषय सरकार र अन्य दलको तर्फबाट राखियो, प्राविधिक कुराबाहेक अरु कुरा सम्भव छैन ।”

प्रकाशित मिति : २७ जेष्ठ २०७४, शनिबार  ५ : ४४ बजे