६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

यस्ता छन् सोलुखुम्बुमा मुख्य दलका प्रमुख/उपप्रमुखका उमेदवारहरू


३१ जेष्ठ २०७४, बुधबार  

0
Shares

सोलु । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काग्रेसले सोलुखुम्बुको सबै स्थानिय तहमा उमेदवार टुंग्याएको छ । काग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उमेदवार छनौट गरेको हो । एक नगरपालिका र ७ गाउँपालिका रहेको हिमाली जिल्ला सोलुखुम्बुमा काग्रेसले प्रमुख र उपप्रमसखमा नाम टुंग्याएको हो ।

सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा युवा नेता नाम्गेलजाङ्बु शेर्पाले टिकट पाएका छन् । उप–मेयरमा छिण्डील्हमु शेर्पाले उमेदवार बन्ने अबसर पाएकी छिन् ।

यस्तै गाउँपालिकाहरुमा पनि उमेदवार टुंग्याइसकेको काग्रेसले जनाएको छ ।

लिखुपिके गाउँपालिकामा प्रमुखमा राम बहादुर बस्नेत र उपप्रमुखमा मिना बस्नेत कार्की, खुम्बु पासाङल्हमु गाउपालिका प्रमुखमा चुङबा शेर्पा, उपप्रमुखमा नाङाल्हमु शेर्पा, दुधकोशी गाउँपालिका प्रमुखमा भोजराज कार्की र उप प्रमुखमा अमृता राइलाइ उमेदवार बनाइएको छ ।

यस्तै दुधकौशिका गाउँपालिकामा हुत्तराज बस्नेतलाइ प्रमुखमा र उपप्रमुखमा सबिता राइलाइ उमेदवार बनाइएको काग्रेसले जनाएको छ । नेचा सल्यान गाउँपालिका प्रमुखमा धनजन राइ, उपप्रमुखमा कुमारी घिमिरेलाइ टिकट दिइएको छ ।

यस्तै महाकुलुङ गाउँपालिका प्रमुखमा भलाकाजी कुलुङ र सोताङ गाउँपालिकामा खिलाराज बस्नेतलाइ उमेदवार बनाइएको छ । यी दुइ गाउँपालिकाको भने उप प्रमुखमा अझै नाम टुंगो लगाइएको छैन । जिल्ला स्थीत पार्टी भित्र रहेको दुइ गुटका कारण उमेदवार छिनोफानो गर्न ढिलाइ भएको हो ।

माअोवादी केन्द्रका उमेदवार यस्ता छन्

नेकपा माओवादी केन्द्रले जिल्लाका सम्पूर्ण स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।  माओवादी केन्द्रले एक नगरपालिकासहित सात गाउँपालिकाका प्रमुख र उपप्रमुख सर्वसहमतिमै टुङ्ग्याएको हो । यहाँको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा ङिमातेण्डुप शेर्पा र उपप्रमुखमा ङिमाडोमा शेर्पाको उम्मेदवारी गत चैत २१ गते पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख उपस्थितिमा उम्मेदवारी सार्वजनिक गरिएको हो ।

यस्तै दूधकोसी गाउँपालिका प्रमुखमा आसकुमार राई र उपप्रमुखमा निरकुमारी राई, लिखुपिके गाउँपालिका प्रमुखमा डम्बरबहादुर बस्नेत र उपप्रमुखमा प्रमिला बस्नेत, दूधकोसीका गाउँपालिका प्रमुखमा असिम राई र उपप्रमुखमा मेनुका पुरीको उम्मेदवारी घोषणा गरिएको छ । सोताङ गाउँपालिका प्रमुखमा सौमान राई र उप्रमुखमा तारा राईलाई सर्वसहमतिमै उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।

यस्तै महाकुलुङ गाउँपालिका प्रमुखमा सागर किराँती र उपप्रमुखमा झर्ना किराँती, नेचा सल्यान गाउँपालिका प्रमुखमा केशरबहादुर राई, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा नाम्गेल शेर्पा र उप्रमुखमा फु शेर्पालाई अगाडि बढाइएको छ । माओवादी केन्द्र सोलुखुम्बुका सहसंयोजक ध्रुव शर्मा पराजुलीका अनुसार अधिकांश वडाको समेत उम्मेदवारको टुङ्गो लागिसकेको छ ।

एमालेका उमेदवार पनि टुंगो

नेकपा एमाले सोलुखुम्बुले पनि सम्पूर्ण तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले प्रचारप्रसार समितिका सचिव जगनाथ बास्तोलाका अनुसार सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा आङदामी शेर्पा र उपप्रमुखमा कल्पना राईको उम्मेदवारी टुङ्गिएको छ ।

यस्तै एमालेले नेचा सल्यान गाउँपालिका प्रमुखमा ढुफकुमार बास्तोलाको उम्मेदवारी घोषणा गरेको छ । उता सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, लिखुपीके गाउँपालिका प्रमुखमा पोस्टकुमार कार्की, दूधकोसीका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत तथा दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई र उपप्रमुखमा जुनिता मगरको उम्मेदवारी घोषणा भएको छ । यस्तै महाकुलुङ गाउँपालिकामा नरेन्द्र राईलाई अगाडि बनाउने तयारीमा रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७४, बुधबार  १० : २९ बजे