३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गते हुने


१ असार २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । लामो रस्साकस्सीपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन्।

 

बैठकमा सहभागी माओवादी केन्द्रका नेता एवम् गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए। बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने शर्माले् जानकारी दिए।

दुइ नम्बर प्रदेशमा तेस्रो चरणको चुनाव हुने र उक्त चुनाव असोज २ गते हुने बताइएको छ ।

प्रकाशित मिति : १ असार २०७४, बिहिबार  १ : २७ बजे