६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

चुनाव बहिष्कार गरेको राजपाको पनि उम्मेद्ववारी


४ असार २०७४, आइतबार  

0
Shares

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपनि आज भएको उम्मेद्ववारी दर्तामा राजपाका नेताहरुलेपनि उम्मेद्धवारी दिएका छन् ।

 

राजपा निकट उच्च स्रोतका अनुसार रुपन्देहीका तीन स्थानीय तहमा राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन् । राजपा नेपालले चुनाव बहिस्कार गरेपछि स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएको हो ।

राजपाका नेताहरुले सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईको सम्पुर्ण पदमा स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको एक नेताले जानकारी दिए ।
राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले कपिलवस्तु, रुपन्देही, मोरङ्, झापा, सुनसरी लगायतका विभिन्न क्षेत्रहरुमा उम्मेद्ववारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ४ असार २०७४, आइतबार  ४ : ५९ बजे