४ विकेट गुमाउँदै पाकिस्तानद्वारा भारतसामु ३३९ रनको लक्ष्य प्रस्तुत
२०७४ असार ४, आईतवार १८:५६

काठमाडाैं । टस जितेर फिल्डिङ रोजेको भारतसामु पाकिस्तानले ३३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । योसँगै अाइसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानको फाइनल भिडन्त रोचक बनेको छ । पाकिस्तानले ४ विकेट गुमाउँदै निर्धारित ५० अोभरमा ३३८ रन बनाएको हो ।