४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

साझा पार्टीले विवेकशीलका उमेदवारलाई समर्थन गर्ने


८ असार २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । राजनीतिक दृष्टिकोण, मूल्य र मान्यताका हिसाबले साझा पार्टीसंग निकट रहेको विवेकशील नेपाली दलले आगामी असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनको सिलसिलामा केही स्थानहरुमा आफ्ना उमेदवारहरु घोषणा गरेको छ।

विवेकशील नेपाली दलद्वारा घोषित झापाको दमक नगरपालिको मेयर, केराबारी गाउँपालिका-९ को वडाअध्यक्ष लगायत विभिन्न स्थानीय तहका उमेदवारहरुलाई साझा पार्टीको समर्थन र सहयोग रहने साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले बताए ।

 

प्रकाशित मिति : ८ असार २०७४, बिहिबार  ३ : ५० बजे