काठमाडाैं । दोसो चरणको स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा प्रमुख दलका प्रमुख नेताहरूलाइ चुनाव प्रचारका लागि भ्याइनभ्याइ छ । यही मेसोमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि चुनावी प्रचारको लागि आफ्नो गृहजिल्ला जाने भएका छन् ।
देउवा भोलि शुक्रबार नै गृहजिल्ला डडेलधुराँ जाने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा केन्द्रित रहेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।