३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

गुरुङ चलचित्र निर्माण तथा विकासबारे गोष्ठी


१३ असार २०७४, मंगलबार  

0
Shares

काठमाडौँ || नेपालमा थुप्रै जात-जाति भाषा-भाषिका मानिसहरु बसोबास गर्छन । यसैबीच आ-आफ्नो जात-जति अनुसार धर्म संस्कृति भाषा तथा रितिरिवाज फरक फरक रहेको छ । विविधताको धनि देश नेपाल यस्तै मौलिक संस्कृति र परम्पराले अत्यन्तै सुन्दर रहेको छ  । यस्तै जात जति – धर्म रितिरिवाज अनुसार फरक फरक भाषा र संस्कृतिले मनोरन्जन क्षेत्रमा पनि उत्तिकै संस्कृतिक सिर्जनाहरु भएका छन् ।

यसैबीच मनोरन्जन क्षेत्रमा समेत आफ्नो भाषा र संस्कृतिलाई पस्कने परम्परा सदियौं देखि चली आएको छ । आदिवासी जनजातीहरु यस क्षेत्रमा अग्रस्थानमा छन् । मनोरन्जन क्षेत्रमा आ-आफ्नो भाषा र संस्कृतिलाई उनेर चलचित्र निर्माण गर्ने क्रम उत्तिकै मौलाई रहेको छ । यसै विच काठमाडौँमा तमु (गुरुङ) कलाकार संघको आयोजनामा गुरुङ भाषा,संस्कृति,परम्परा चलचित्र निर्माण तथा विकासबारे एक विचार गोष्ठी सम्पन्न भएको छ ।

चलचित्र विकास वोर्डको सहकार्यमा आयोजित उक्त गोष्ठीमा आदिवासी चलचित्रसंग सम्बन्धित विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । तमु ह्युल गुरुङ राष्ट्रिय परिषदको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अथिति रहेका चलचित्र कर्मी निर्देशक नबिन सुब्बाले एउटा कोठामा बसेर कथा लेखेर हैन गाउँ गाउँमा पुगेर कथा र पात्रको अनुसन्धान गरेर मौलिक संस्कृतिमा चलचित्र बनाउनु पर्ने बताए ।

यस्तै आदिवासी चलचित्र प्रवर्दन समितिका तर्फबाट चलचित्र निर्माता ज्योतिराज राइले नेपालमा भएका आदिवासी जनजाती मध्ये गुरुङ समुदायले धेरै चलचित्र निर्माण गर्ने गरेकोमा खुशी ब्यक्त गर्दै समय समयमा मौलिक चलचित्र निर्माण र बिकाशबारे कार्यशाला गोष्ठीको आयोजना र चलचित्र प्रबर्दनमा जोड दिनु पर्ने सुझाए । यस्तै गुरुङ कलाकार,संगीतकार तथा गायक कृष्ण गुरुङले चलचित्र सफल हुनलाई गीत संगीतको भूमिका अहम हुने भन्दै मौलिक चलचित्रमा मौलिक गीत तथा संस्कृति अनिवार्य झल्कनु पर्ने तर्क राखे भने तमु ह्युल गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले अब गुरुङ चलचित्रले लाहुरे प्रथा भन्दा शिक्षा प्रणालीलाई समेटेर चलचित्र निर्माण गर्नु पर्नेमा जोड दिए । तमु(गुरुङ)कलाकार संघको आयोजनामा भएको उक्त कार्यक्रममा गुरुङ भाषाको गीतमा समेत अतिथि र सहभागीहरुले एकबद्धता जनाउदै नाचेर कार्यक्रमको समापन गरेको थियो । कार्यक्रमलाई संघको तर्फ बाट चर्चित गायक गणेश गुरुङले संचालन गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार  १० : ०१ बजे