११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत


१३ असार २०७४, मंगलबार  

0
Shares

सिड्नी । अस्ट्रेलियाका लागि नव नियुक्त राजदूत लक्की शेर्पाले राजधानी क्यानबेरामा अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छन्।

मंगलबार आयोजीत औपचारिक समारोहका बीच राजदूत शेर्पाले गभर्नर जनरल कोस्ग्रोवसमक्ष ओहोदाको प्रामाणपत्र पेश गरी पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन्। राजदूत शेर्पा कार्यक्रममा मौलिक नेपाली शेर्पा पोसाकमै उपस्थित भएकी थिइन्।

मंगलबार भएको द्विपक्षीय भेटमा गभर्नर जनरल कोस्ग्रोवद्वारा राजदूत शेर्पाको सफल कार्यकालको शुभकामना व्यक्त गरे । राजदूत शेर्पाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गभर्नर जनरललाई पठाइएको शुभकामना सन्देश पढेर सुनाएकी थिईन्।

यससँगै शेर्पाले मंगलबारदेखि अस्ट्रेलियाका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाल्ने छिन्।

 

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार  ७ : २५ बजे