काठमाडौं । चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको विवाद अहिले साम्य भएको छ ।
संविधान संशोधन प्रस्तावमा मतदान गर्ने र सरकारमा कसको नेतृत्वमा सहभागी हुने विषयलाई लिएर अध्यक्ष कमल थापाविरुद्ध मोर्चावन्दी कसेका बरिष्ठ नेता पशुपतिशमशेर जबरा अन्ततः नरम बनेका छन् । अध्यक्ष थापाकै नेतृत्वमा पार्टी सरकारमा सहभागी भएपनि आफूलाई कुनै आपत्ति नभएको भन्दै उनले पछिल्लो समय सहमति जनाएका हुन् ।
राप्रपा नेता दिलनाथ गिरीले भने,‘अहिले पार्टीमा कुनै विवाद छैन, अध्यक्ष र राणावीच देखिएको मनमुटाव अहिले शान्त भएको छ, पार्टी सरकारमा सहभागी हुनेबारे राणाजीले पनि सहमति जनाउनुभएको छ।’
पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार पनि संशोधन प्रस्तावको पक्षमा ३७ जना सांसदहरुले नै एकमतले मतदान गर्ने निर्णय गरिसकेको छ । पछिल्लो समय राप्रपामा संशोधन प्रस्तावलाई लिएर एक दर्जन सांसदहरुले असन्तुष्टि जनाएका थिए । उनीहरुले कुनैपनि हालतमा संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने चेतावनी दिएका थिए ।