एनआरएन अमेरिका निर्वाचन समितिले केही उम्मेद्धावरहरुको नाम थप गरि २ सय ४ जना उम्मेद्धावरहरुको नामवाली शनिबार साझ प्रकाशित गरेको छ । समितिले अन्तिम नामवाली अगष्टको ३ तारिख प्रकाशन गर्ने भएको छ । ‘ पहिलो चरणमा प्रकाशित नभएका उम्मेद्धवरहरुको आवश्याक कागजपत्र समितिलाई प्राप्त भएको आधारमा हामीले दोश्रो नामवाली प्रकाशन गरेका हो ’ निर्वाचन समितिका सदस्य विश्वरनाथ बरालले एभरेष्टटाइम्सलाई भने—‘ एनआरएन एनसिसिको विधानले निर्देश गरे अनुसार आइसिसिको विधानलाई आधार मानेर समितिले यो सुची प्रकाशन गरेको हो’ । पहिलो सुचीमा १ सय ६७ जना उम्मेद्धावर थियो भने दोश्रो सुचीमा बडेर २ सय ४ जना पुगेको छ । दुबै सुचीमा चर्चामा रहेको टेक्सास निवासी गौरि जोशीको नाम परेको छैन ।
पहिलो सुचीमा गौरि जोशीको नाम नपरेपछि उनले आइसिसि र न्यायिक कमिटि समक्ष उजुरी दिएका थिए । त्यही अनुसार गौरिको पक्षमा आइसिसिका महासचिव बद्री केसीले निर्वाचन कमिटिलाई पत्र लेखी उनी योग्य उम्मेद्धावर भएको जानकारी गराएका थिए । त्यस्तै न्यायिक कमिटिले पनि निर्वाचन कमिटिलाई एनआरएन अमेरिकाको विधान अनुसार गर्नु भनी पत्र लेखेका थिए । एनआरएनको केन्द्रको महासचिव केसीले पत्रको पठाएको तीन दिनपछि अध्यक्ष शेष घलेले महासचिव केसीले पठाएको पत्रको मान्यता नभएको आशय व्यक्त गदै एनआरएन अमेरिका र आइसिसि दुबैको विधानको आधारमा निर्वाचन गर्नु भनी पत्र लेखेका थिए ।
निर्वाचन समितिले अध्यक्षको उम्मेद्धावर हुनका लागी एनआरएन एनसिसिमा एक कार्यकाल काम गरेको हुनुपर्ने प्रावधान राखे अनुसार गौरिको नाम नभएकोले सुचीमा नराखेको समितिले जनाएको छ । गौरिको बारेमा केन्द्रको महासचिव बद्री केसीले पठाएको पत्रले हामीलाई थप आधार मिलेपनि केही दिनपछि एनआरएन आइसिसिका अध्यक्ष शेष घले आर्फैले पठाएको पत्रको कारण दोश्रो सुचीमा उनको नाम राख्न सकेन ’ बरालले भने । निर्वाचन यही अगष्टको ११ र १२ हुने भएको छ ।
सबै उम्मेद्धावरहरुको नाम हेर्नका लागी एनआरएन युएसएको यो लिंकमा जानुहोला ।https://nrnnccusa.org/final_candidates_2017/