२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

गुगलले ल्यायो जिबोर्ड, नेपालीमा बोलेको स्वतः टाइप हुने


३१ श्रावण २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । कहिलेकही तपाइले सोच्नुभएको होला, बोलेको कुरा त्यसै टाइप भइदिए हुन्थ्यो नि भनेर । गुगलले त्यस्तै सेवा ल्याएको छ । अब  गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुने भएको छ ।

गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर, नेपालीमा थिएन ।

गुगलले थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध भएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  ४ : ३७ बजे