१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

सिन्धु सोसाइटीले दर्जन अनाथलाई पढाउँदै


३१ श्रावण २०७४, मंगलबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

सिन्धुपाल्चोक जिल्लाको शिक्षा क्षेत्रको सेवामा सक्रिय सिन्धु वेलफेयर सोसाइटीले जिल्लामा विद्यालय पुर्ननिर्माण गर्नुको साथै एक दर्जन अनाथ बालबालिकालाई निशुल्क शिक्षा दिदै आइरहेको छ । सिन्धुपाल्चोक जिल्लाबाट अमेरिकामा आएका सिन्धुबासीको प्रतिनिधित्वमुलक यस संस्थाले विगतमा पहिरोले बगाएको बनसाँघु माविको भवन निर्माण गर्नुको साथै जिल्लामा दुःख पाएका १२ जना बालबालिकालाई निःशुल्क शिक्षा दिइरहेको छ । समाजले न्युयोर्कमा रहेका सहयोगीको सहयोगमा उक्त सहयोग प्रदान गरेको हो । सन २०१० मा न्युयोर्कमा दर्ता भएको सिन्धु सोसाइटीले न्युयोर्कमा पिकनिक र सांस्कृतिक कार्यक्रमको आयोजना गरी सुरुमा ३ जना बालबालिकालाई निःशुल्क शिक्षा दिदै आइरहेका थिए । तर गत भूकम्पपछि भने १२ जनालाई सहयोग गरिरहेको सोसाइटीको अध्यक्ष नुर्बु शेर्पाले बताए ।

ती बालबालिकाहरुलाई न्युयोर्कबाट खगेन्द्र क्षेत्री, दावा लोबा ह्योल्मो, मोना शर्मा, पेमा लामा ह्योल्मो, शशिकला तामाङ र सोनाम लामाको सहयोगसँगै सिन्धु सोसाइटीले रकम थपेर निःशुल्क शिक्षा दिदै आइरहेको छ ।

सिन्धु सोसाइटीको सामाजिक भावनाप्रति आर्कषित भएर कारण यसपटक आयोजित पिकनिकमा भोटेकोसी गाउँपालिका वडा नम्बर ४ को सुश्री सुष्मा कार्कीले एक जना विद्यार्थी पढाइदिने जिम्मा लिएको सिन्धु सोसाइटीको पूर्व महासचिव साङदोर्जी शेर्पाले बताए । त्यस्तै यस पटकदेखि सिन्धु सोसाइटीका अध्यक्ष शेर्पाकी छोरी कर्चेन शेर्पाले बालबालिकाका लागि हरेक वर्ष ५ सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन् । उक्त अवसरमा सोसाइटीको बोर्ड मेम्बर विनोद पराजुलीले संस्थालाई कम्पुटर सहयोग गरेका थिए ।

‘सिन्धुपाल्चोक जिल्लाको शिक्षा र दुःख पाएको बालबालिकाको उच्च शिक्षाको लागि सहयोग गर्ने सहयोगीलाई हार्दिक धन्यवाद दिन चाहान्छु,’ समाजका अध्यक्ष शेर्पाले भने, ‘हाम्रो पहल र सहयागीहरुको सहयोगले सिन्धुपाल्चोकको शिक्षा र बालबालिकाको भविष्य उज्वल हुन्छ भन्ने हामीले आशा गरेका छौ,’ अध्यक्ष नुर्बु शेर्पाले भने । सिन्धु सोसाइटीद्वारा आयोजित पिकनिकमा नेपाली महाबाणिज्यदुताबासका बाणिज्यदुत कृषु क्षेत्रीले सिन्धु समाजले प्रवासमा उदाहरणीय सामाजिक कार्य गर्न सफल भएकोमा धन्यवाद दिएका थिए ।

त्यस्तै महाबाणिज्यदुत मधु मरासिनीले मातृभुमिको लागि सिन्धु सोसाइटीले गरेको समाजिक सेवाले जिल्लामा धेरै फाइदा पुगेको बताउदै यस्तो सामाजिक कार्यमा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने वचन दिए । त्यस्तै नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले प्रवासबाट सिन्धुपाल्चोक जिल्लाको विद्यालय र दुःख पाएका बालबालिकालाई सिन्धुले गरेको सहयोगले मुलुकलाई धेरै फाइदा पुगेको बताउदै यस्तो पवित्र सामाजिक कार्यमा सवैले सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा विभिन्न खेल प्रतियोगिताहरु तथा नृत्यहरु प्रस्तुत भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार  ७ : २१ बजे