४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

अज्ञात ब्यक्तीले ट्रेन ट्रयाकमा धकेलेर श्रेष्ठ घाईते


८ भाद्र २०७४, बिहिबार  

0
Shares

न्युयोर्क- ईस्ट भिलेज स्थित सबवे स्टेसनमा मंगलबार बेलुका स्थानिय समयानुसार पौने नौ बजेतिर न्युजर्सी निवासी कमला श्रेष्ठलाई एक अज्ञात ब्यक्तीले धकेलेर ट्रेन चल्ने ट्रयाकमा खसाल्दा घाईते भएकी छिन् । उनी कामबाट घर फर्कने क्रममा ट्रेन कुरी रहेको बेला कालो बर्णको कालो टिसर्ट र पाईन्ट लगाएको अन्दाजी २०-२२ बर्षको ब्यक्ती दौढदै उनी भएतिर आएर एक्कासी नबुझिने गरी केहि भन्दै जोडले धकेलेर फरार भएको उनको पारिवारिक सूत्रले बतायो ।

ट्रयाकबाट उनलाई त्यहाँका केहि सहयोगीले बाहिर निकालेर बेलब्यु अस्पताल पुराएका थिए । धकेल्ने ब्यक्तीलाई यस अघि कहिल्यै नदेखेको घाईते श्रेष्ठले बताईन् । टाउँकोमा चोट लागेर केहि टाँकासमेत लगाउँनु परेको श्रेष्ठको सघन कक्षामा उपचार पछि बुधबार बिहानै निवास लगिएको उनका श्रीमान नमलाल श्रेष्ठले बताए । उनी न्युयोर्क अपटाउनबाट घर फर्कदै थिए । श्रीमतिले फोन गरेर दुर्घट्ना भएको जानकारी दिन साथ उनी दौडदै अस्पताल पुग्दा उपचार शुरु भैसकेको थियो । एभरेष्ट टाईम्ससँग उनले भने, ” ट्रयाकमा ट्रेन आएको रहेनछ र भगवानले रक्षा गरे जस्तै भयो ।” यस्तो घट्ना जो कोहीलाई पनि हुन सक्ने भएकोले सबवे स्टेसनमा सतर्क रहनु आवश्यक देखेको उनले भने ।

धकेल्ने ब्यक्ती प्रहरीको खोजीमा रहेको बुझिएको छ । तर अहिले सम्म फेला नपरेको प्रहरीको भनाई छ । यस्तो अपराधिक मानसिक्ता बोकेको ब्यक्तीलाई तदारुक्ताको साथ खोज्न प्रहरी प्रशासन लाग्नु पर्ने श्रेष्ठ दम्पतीको भनाई छ ।

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार  ४ : ३३ बजे