३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

ललितकला पत्रकारिता पुरस्कार पत्रकार दीपक श्रेष्ठलाई


१७ भाद्र २०७४, शनिबार  

0
Shares

काठमाडौँ । नेपाल ललितकला मञ्चद्वारा ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ का सहिद कलाकार अनिल कुमार लामाको स्मृतिमा स्थापना गरेको ललितकला पत्रकारिता पुरस्कार गोरखापत्रका दीपक श्रेष्ठ (विहीन) लाई प्रदान गरिएको छ ।

शनिबार राजधानीमा मञ्चद्वारा आयोजित कार्यक्रममा बरिष्ठ कलाकार जीवनाथ पोखरेल ‘पन्छी’ लाई ललितकला साधना सम्मान र कलाकार सुमित्रा राना सुतपराईलाई ललितकला युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले) साँस्कृतिक विभाग प्रमुख खगेन्द्र राईले दोसल्ला ओढाएर सो पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव जिवेन्द्रदेव गिरी, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, बरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव केके कर्माचार्य, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला विभाग प्रमुख सुष्मा मानन्धर, बरिष्ठ कलाकार जीवनाथ पोखरेल ‘पन्छी’, नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामा, नेपाल ललितकला क्याम्पसका पूर्व प्रमुख विपिन घिमिरेले पुरस्कृत तथा सम्मानितहरुलाई बधाइ तथा धन्यवाद दिए ।

सो अवसरमा मञ्चका अध्यक्ष लालकाजीले नेपाल ललितकला मञ्चका संस्थापक अध्यक्ष शान्त कुमार राईको सहयोगार्थ चित्रकला प्रदर्शनी गर्ने जानकारी दिए । हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा कलाकार शान्त कुमार राईको उपचार भइरहेको छ । कार्यक्रममा सम्मानित सुमित्रा राना सुपतराईले आपूmले प्राप्त पाँच हजार रुपियाँ पुरस्कार कलाकार राईको उपचार सहयोगार्थ मञ्चका अध्यक्ष लामालाई हस्तान्तरण गरे ।
जनआन्दोलन २०६२÷०६३ का सहिद कलाकार अनिल कुमार लामाको स्मृतिमा नेपाल ललितकला मञ्चले स्थापना गरेको सो पुरस्कार तथा सम्मान ललितकला क्षेत्रको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकार तथा कलाकारलाई पाँच वर्षदेखि प्रदान गरिदै आएको छ ।

 

प्रकाशित मिति : १७ भाद्र २०७४, शनिबार  ५ : ५८ बजे