१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बाढी पिडितको सहयोगार्थ क्यालीफोर्नियामा ‘साँगीतिक दोभान’ हुँदै


१८ भाद्र २०७४, आइतबार  

0
Shares

एभरेष्ट टाईम्स प्रतिनिधी / क्यालिफोर्निया 

नेपालमा हालैको बाढी पिडितको सहयोगार्थ अमेरिकाको क्यालीफोर्नियामा ‘साँगीतिक दोभान’ कार्यक्रम हुँने भएको छ । प्राप्ता जानकारी अनुसार तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले आयोजना गरेको उक्त साँगितिक कार्यक्रम अगामी सेप्टेम्बर १६ तारिक साँझ हुनेछ । सनफ्रान्सिस्को शहरको २ मरिना बुलवर्ड स्थित फोर्ड मासोन सेन्टर कोवेल थियटरमा हुने कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा, पप गायक सविन राई, दोहोरी गायिका शीला आले मगर लगायतले प्रस्तुती दिनेछन् भने साथमा आकर्षक नृत्यहरु पनि हुनेछन् । ३५ डलरमा गीत सँगीत र नृत्यको मनोरन्जन लिदैँ बाढी पिडितको सहयोगमा समेत सहभागी हुन सकिने कार्यक्रमका सँयोजक तथा आयोजक सँस्थाका अध्यक्ष कुमार दोङले जानकारी दिएका छन् । बाढी पिडितले बनाएको घाउँमा थोरै भए पनि मल्हम लगाउँने प्रयास स्वरुप ‘साँगीतिक दोभान’ कार्यक्रम आयोजना गरिएको सँयोजक दोङले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार  ५ : १० बजे