न्युयोर्क – एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया आइतबार विहान ८ बजेदेखिन बन्द सत्र शुरु भएर ५ तारिख मगलबार विहानदेखि ८ बजेदेखि ६ तारिख बुधाबारको मध्यरातसम्म मतदान खुल्ला हुने निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन कमिटिका सदस्य विश्वनाथ बरालले दिएको जानकारी अनुसार निर्वाचनको लागी मतदाताहरुलाई मगलबार विहान ठिक ८ बजे मत हाल्नका लागी लगीन लिंक उपलब्ध हुने भएको छ ।
बरालका अनुसार यस पटक मतदान भएको तीन दिनभित्रमा मतको परिणाम एनआरएनको वेभसाइटमा प्रकाशित गर्ने भएको छ । निर्वाचित पदाधिकारीहरुको सपथ र कार्यकाल हस्तन्तरण कार्यक्रम न्युयोर्कमा वा वासिङटनडिसि कहा गर्ने बारेमा कमिटिले चाडै छलफल गरि सुचना निकाल्ने उनले बताए ।
यस पटक २ सय २६ जना उम्मेद्धवरहरु रहेको यो निर्वाचनमा करिब १५ हजार मतदाताले मतदान गर्न पाउने भएको छ ।यस पटक एनआरएन अमेरिकाले सदस्यबाट १५ डलर, आजीवन सदस्यबाट १ सय ५० डलर शुल्क लिएको छ । त्यस्तै विभिन्न पदमा उम्मेद्धवर दिएकाहरुबाट ९१ हजार डलर संकलन गरि करिब ४ लाख डलर यस पटक संकलन गरेका छन ।