१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

पहिलोपटक ‘मिस युनिभर्स’मा नग्मा


१५ आश्विन २०७४, आइतबार  

0
Shares

काठमाडौं । मिस नेपालको आयोजक द हिडेन ट्रेजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गरेको छ ।
वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नग्मालाई ताज पहिराएका हुन् । अमेरिकाको लस भेगासमा आउदो नोभेम्बर २६ मा हुने मिस युनिभर्सको ६६ औं संस्करणम नग्माले सहभागिता जनाउने छिन् । उक्त सौन्दर्य प्रतियोगितामा पहिलोपटक नेपालको प्रतिनिधित्व हुने भएको हो । मिस नेपाल आयोजना सुरु भएको २३ वर्ष पुगिसक्दा पनि अहिलेसम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भएको थिएन ।
सन् २०१२ कि मिस नेपाल अर्थ रहेकी नग्मालाई मिस युनिभर्समा पठाउने निर्णय गरेको हो । मिस युनिभर्समा सहभागी हुन् नग्मा नोभेम्बर ५ मा अमेरिका आउनेछिन् ।

प्रकाशित मिति : १५ आश्विन २०७४, आइतबार  ३ : ४९ बजे