काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । काठमाडौँ, १७ असोज (रासस) ः प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वामपन्थी दलबीच तालमेलको चर्चा चलेकै बीचमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच कुराकानी भएको हो । उक्त भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन निरन्तर रहने वाचा गरेकत्त प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।