५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

काठमाडाैंमा दिनदहाडै गोली हानी व्यवसायी महासंघका अध्यक्षको हत्या


२३ आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडाैं । राजधानी काठमाडाैंमा दिन दहाडै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको छ। सोमबार दिउँसो नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

गोली लागी गम्भीर घाइते भएका उनलाई तत्काल बानेश्वरमा रहेकाे सिभिल अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका छन् ।

अस्पतालका चिकित्सक डा.विमल थापाकाअनुसार गौचनको शरीरमा तीन वटा गोली लागेका छन्। पुल्चोकस्थित इन्जिनियरिङ कलेजका विद्यार्थी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए।

प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  ४ : २३ बजे