७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन



काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पाँच दिनदेखि उपचाररत प्रा.डा. शर्माको बुधबार साँझ उपचारकै क्रममा निधन भएको हो।

नेपालको शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका शर्माले काठमाडौँ विश्वविद्यालयको स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनले काठमाडौँ विश्वविद्यालयमा निरन्तर ६ कार्यकाल उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।

लन्डनस्थित युनिभर्सिटी अफ साउथ बैंकबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका प्रा.डा. शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पहिलो कार्यकारी निर्देशक समेत हुन्।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : ३४ बजे