२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

पत्रकारसँगको साक्षात्कारमा भवन भट्टले भने, ‘एनआरएन एकेडेमी बनाउने मेरो योजना’


२७ आश्विन २०७४, शुक्रबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्षका उम्मेदवार भवन भट्टले अब एनआरएन नयाँ अध्ययबाट सुरु हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघले राजधानीको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा राखेको प्रवासी पत्रकारसँग भेटघाट तथा एनआरएनका उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा उनले एनआरएन भर्जन टु सुरु भइसकेको उल्लेख गरेका हुन् ।

च्यारिटी, मेम्बरसिपजस्ता विषयबस्तु भर्जन टुमा पुरा भइसकेका हुनाले आफुले चारवटा मुद्दा अघि सारेको उल्लेख गर्दै उनले एनआरएनलाई लगानीमा साथ दिने, एनआरएनलाई स्मार्ट बनाउने, कानुनी रुपमा झन्झटिलो व्यवस्थालाई अन्त्य गर्ने र विदेसिएका बौद्धिक वर्गलाई समेटेर एनआरएन एकेडेमी बनाउने आफ्नो योजना रहेको बताए ।

संसारमा दुइवटा पावर बाँकी रहेको र त्यसमा पानीको स्रोत र बौद्धिक स्रोत शक्तिशाली रहेको उल्लेख गर्दै भट्टले भने, ‘हामीले हाम्रो देशबाट बाहिरिएको बौद्धिक शक्तिलाई कलेक्ट गरेर एनआरएन एकेडेमी बनाउनु पर्छ, यहाँ नासाका वैज्ञानिकसम्म हुनेछन् । उनीहरुलाई उच्च रकम तिरेर नेपालमा काम गराउने वातावरण हामीले तयार गर्नुपर्छ । हाम्रो ब्रेन पावर सेभ गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्टलगायत बेलायत, अमेरिका, बेल्जियम, अस्ट्रेलियालगायत देशका प्रवासी पत्रकारहरु सहभागी थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७४, शुक्रबार  ६ : ४४ बजे