नवलपरासी । पत्रकार तथा लेखक दामोदर न्यौपानेको चौथो कृति स्वर्णिम समयमाथि नवलपरासीको देउचुलीमा पचिरचर्चा गरिएको छ । जागृति युवा तथा बाल सरोकार नेपालले आयोजना गरेको पचिर्चामाका सहभागीले पुस्तक प्ररणादायि रहेको प्रतिक्रिया दिए । पुस्तकमाथि प्रतिक्रिया दिंदै बालअभियन्ता राजु चापागाईले चर्चित व्यक्तिका राम्रा कुरालाई आत्मसात गरेर अघि बढ्न प्रेरणा मिल्ने बताए । ‘विभिन्न क्ष्ँेत्रमा स्थापित व्यक्तित्वका बाल्यकाल कस्तो थियो र अफ्ठेरा परिस्थिती पार गर्दै कसरी अघि बढे भनेर थाहा हुन्छ,’ उनले भने, ‘पुस्तक पढौं पढौं लाग्ने छ । यस्तो पुस्तक बालबालिकालाई पढ्न दियो भने पठन संस्कृति बढ्छ ।’ न्यौपानेका अघिल्ला पुस्तक कर्म ः सिकाइमा गहिरएको खाडल र एमबुसमा ६ वर्ष पनि आफूले पढेको बताउ“दै उनले भने, ‘न्यौपानको लेखनमा कुनै मुद्धा समातिएको हुन्छ ।
समस्यालाई उठाउने काम गरिएको हुन्छ । कर्मले बालबालबालिकाको मुद्धा बलियो गरि उठाएको छ । बालबालिकामा लगानी गर्न प्रोत्साहन गरको छ । स्वर्णिम समयले कर्मले जस्तै स्वर्णिम समयले पनि बालबालिकाकै फेरो समाएको छ ।’ शिक्ष्ँक समेत रहेको उनले बालबालिकालाई समाज चिनाउने खालका पुस्तक पढ्न प्रोत्साहन गर्नु पर्ने बताए । ‘यो पुस्तक कम्तिमा पनि स्थानीय तहका जनप्रतिनिधीले पढ्ने हो भने केही न केही विचार परिर्तन हुने थियो,’ उनले भने, ‘तर अधिकांश जनप्रतिनीधीमा पठन संस्कृति छैन । न्यौपानेका पछिल्ला पुस्तकले बालबालिका इस्युलाई राष्ट्रिय रुपमा उठाएको छ ।’
स्वर्णिम समयमा विभिन्न क्षेत्रका चर्चित र सफल व्यक्तिका बाल्यकाल, बालापन लगायत त्यतिबेला ति व्यक्तिले व्यहोरेका सामाजिक, आर्थिक, शैक्षिक, भूगोल लगायतका विषय समावेश गरिएका छन् । देउचुली नगर स्तरीय बालक्लब संजालका अध्यक्ष अर्वान मियाले यो पुस्तकले बालबालिकालाई पनि पढ्न प्रोत्साहन गर्ने बताए । ‘पछिल्लो समय प्रेमलाई प्रोत्साहन दिने पुस्तक बजारमा बढी आएका छन् विकेका पनि छन्,’ मियाले भने, ‘तर यस्ता किताब बालमैत्री होइनन् । बालबालिकाले पढ्न सक्दैनन । बुबा आमाले पढ् भनेर छोराछोरीलाई दिन सक्दैनन् ।
बालबालिकाले पनि मैंले यस्तौ पुस्तक पढें भनेर अभिभावकलाई दिन सक्दैनन् । त्यही भएर बजारमा बालमैत्री गैरआख्यान पुस्तक छैनन् । यो अभाव न्यौपानेका पुस्तकले पूरा गरेका छन् । त्यही भएर स्कुल स्कुलमा पु¥याउनु पर्छ । हामी टोल टोलमा पुस्तक पु¥याउन पहल गर्छाै ।’ बालक्लब संजालका सदस्य घनश्याम सुवेदीले गाउ“को अवस्था र सहरको अवस्था, अहिलेको बालबालिकाको समस्या र पहिलाको बालबालिकाको अवस्था, गाउ“को कार्यशैली र सहरको कार्यशैली लगायत थाहा पाउन सहयोग पुग्ने प्रतिक्रिया दिए । ‘सबैले संघर्ष गरेरै सफल भएका हुन्,’ उनले भने, ‘समस्या पर्दा पनि विचलित भइएन भने सफल भइन्छ भन्ने शिक्षा पुस्तकले दिएको छ ।’
लेखक न्यौपानेले बालबालिका, शिक्षा, सिकाइमा आफ्नै समाज अध्ययन गरेर लेखिएका गैरआख्यानको कमी भएकाले आफूले निरन्तर पुस्तक लेखेको बताए । ‘बजारमा बालबालिका केन्द्रित पुस्तक नगन्य छन्,’ न्यौपानेले भने, ‘भएका पनि विदेशी लेखकका अनुवाद गरिएका पुस्तक छन् । शिक्ष्ाँ, सिकाइ, बालबालिकाका विषयमा अध्ययन गरिएर लेखिएका पुस्तकका केही आइटम बढुन् भनेर मैंले लगातार लेखेको हु“ ।’ न्यौपानेले यो वर्ष बालबालिका केन्द्रित तीन पुस्तक ल्याएका छन् । गत वर्ष बालबालिका, शिक्षा, सिकाइ र समाजका विभिन्न क्ष्ँेत्रमा अनुसन्धान गरेर लेखिएको कर्म ः सिकाइमा गहिरिएको खाडल ल्याएका थिए । डेढ महिना अघि बालचित्रकथा ट्यालेन्ट सो ल्याएका थिए भने स्वर्णिम समय दुई साता अघि इटर्नल पब्लिकेसनले बजारमा ल्याएको थियो । उनको पहिलो पुस्तक एमबुसमा ६ वर्ष चार वर्ष पहिला सार्वजनिक भएको थियो ।