२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

कविहरुकाे खबरदारी : निर्वाचनमा विकासमुखी कुरा गर


२६ कार्तिक २०७४, आइतबार  

0
Shares

भक्तपुर । निर्वाचन नजिकिदै गर्दा भक्तपुरमा साहित्यकारहरुले कविताबाटै नेता र दलहरुलाई खबरदारी गरेका छन् । भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते श्रृङ्खलाको ६२ औं संस्करण मा भएको सृजना वाचन कार्यक्रममा स्रष्टाहरुले अबको निर्वाचनमा दल र नेताहरुले विकासमुखी अश्वासन मात्र होइन काम गर्ने प्रतिवद्धता गर्न जोड दिएका छन् ।

सहिद खेलकुद मैदान,भक्तपुरमा अवस्थित ई.जि.पायोनियर ईङ्गलिश स्कूलमा भएको उक्त कार्यक्रममा स्रष्टाहरुले गीत संगीतबाट समेत नेताहरुलाई खबरदारी गरेका हुन् । महाकवि सिद्धिदास अमात्य (महाजु) को जीवनीलाई सभापति बनाई सम्पन्न भएको उक्त साहित्यिक गोष्ठीमा साहित्यका बिबिध बिधाहरू लघुकथा,कविता,गीत,गजल,मुक्तक,हाईकु मार्फत स्रष्टा सर्जकहरू धनमान श्रेष्ठ,मानिक बाबु ग्वंग:गणेशराम लाछी, दुर्गाप्रसाद ग्वालटारे, जननीप्रसाद मूल, रोशनकुमार राजभण्डारी,राजुराम मनंकर्मी,जयदेश श्रेष्ठ,श्याम सम्यक,सुलोचना सैंजु,तेजकृष्ण श्रेष्ठ,गुहेश्वरी शाक्य,मोक्षबहादुर अमात्य,सु रेन्द्र ब्यान्जु, कबिन्द्रलाल प्रधान, एल.के.सुन्दर, रोशी श्रेष्ठ,समाधान नेपाल, लिला श्रेष्ठ ज्योति, सुमन भण्डारी,धर्म तिवारी, मोहन के.श्रेष्ठ, नारायणप्रसाद, सरस्वतिलगायतले देशमा रहेको विकृति बिसंगतिभित्र गांजिएको चुनाव नभई बिकासमुखी हुनुपर्ने बताए ।

चुनाव पछि पनि उहीँ भागवण्डा, भ्रष्टाचार र डन प्रबृत्ति हावी हुने र बिकासको एजेण्डा छायामा पर्ने हो भने चुनावको कुनै अर्थ नहुने स्रष्टाहरुको भनाइ थियो । कार्यक्रममा समाजका अध्यक्ष राजुराम मुनंकर्मीले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गरी सफल व्यवस्थापन गरिदिने इ.जि.पायोनियर इङ्गलिश स्कूललाई कदरपत्र प्रदान गरेका थिए भने रचना वाचन गरिएका मध्येबाट गोलाप्रथाबाट छानिएका रोशी श्रेष्ठलाई उपहार प्रदान गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार  ६ : ४७ बजे