२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

समानुपातिकतर्फको मतगणना सम्पन्न, ४४ दलको जमानत जफत


२ पुस २०७४, आइतबार  

0
Shares

काठमाडौ‌ं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार हालसम्म ९५ लाख ४४ लाख ६४१ मत सदर भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो पार्टी बनेको छ ।

नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो भएको छ भने नेकपा (माओवादी केन्द्र) १३ लाख तीन हजार ७२१ मत ल्याएर तेस्रो पार्टी भएको छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २०१ प्राप्त गरे।

कुन दललाई कति सिट?

नेकपा एमाले-४१

नेपाली कांग्रेस-४० सिट

माओवादी केन्द्र-१७

राष्ट्रिय जनता पार्टी-६

संघीय समाजवादी फोरम-६ 

४४ दलको जमानत जफत

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत हुने भएको छ । विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी, नेपाल नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ४४ दलको जमानत जफत हुने भएको हो ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत मात्र पाए।

समानुपातिक निर्वाचनमा सहभागी हुन दलले प्रतिनिधि सभाका लागि ५० हजार धरौटी बुझाउनु पर्छ। समानुपातिकतर्फ एक सिट पनि नजिते यी दलहरुले राखेको धरौटी फिर्ता पाइँदैन ।

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ५ दलले मात्र सिट पाउने देखिएको हो । यस पटक प्रतिनिधि सभामा समानुपातिक सिट पाउनका लागि कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत ल्याउनै पर्ने थ्रेसहोल्ड राखेका कारण कम दलले सिट पाएका हुन् ।

 

 

 

प्रकाशित मिति : २ पुस २०७४, आइतबार  ७ : ५० बजे